
काठमाडौंको शंखरापुर-७ मा राप्रपाको प्यानलै विजयी
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका बालकृष्ण सिंह डंगोलले १ सय २७ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं। ३ मा पनि विजय हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



