
राप्रपा केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरीको वीरेन्द्रनगरबाट मेयर पदमा उम्मेद्बारी
राष्ट्रिय प्रजातन्त्र पार्टिका तर्फबाट वीरेन्द्रनगरमा मेयर उम्मेदवार बनेका राप्रपा केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरी चुनावी घोषणापत्रका कारण अहिले चर्चामा छन् । जनताले वीरेन्द्रनगरको मेयर जिताए पारिश्रमिक नै नलिने र अक्षय कोष बनाई जनताकै काममा खर्च गर्ने घोषणा गरी मेयरमा उम्मेदवार बनेपछि उनको चर्चा हुन थालेको हो ।
तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला वि.सं. २०६१ मा पनि वीरेन्द्रनगरको मेयर बनेका बेला उनले सुर्खेतमा नै क्षेत्रीय अस्पताल (हाल कर्णाली प्रदेश अस्पताल) बनाउन र अहिलेको सभाहल बनाउन विशेष पहल गरेकाले उनलाई सक्षम नेताको रुपमा चिन्ने गरेको वीरेन्द्रनगर–६ का एक युवाले बताए ।
बैसाख ३० को स्थानीय चुनावमा पनि मेयर पदमा उम्मेदवारी दिएका उनले सार्वजनिक रुपमैं घुस नलिने कसम खाएर जनताको मन जितेको राप्रपा नेतृ सन्तोषी शाहीले बताइन् । साविक लाटिकोइलीको ९ वटै वडामा विद्यालय स्थापना उनैले गरेको वीरेन्द्रनगर ९ का एक स्थानीयले बताए ।
‘एजेण्डा र घोषणापत्र हेर्ने हो भने त गिरी जत्तिको मान्छे र राजनीतिक छवि राम्रो बनाएको केन्द्रीय स्तरको नेता मेयर उम्मेदवार अर्को छैन’, मध्यपश्चिम विश्वविद्यालय सामाजिक शास्त्रका एक प्राध्यापकले भने, ‘उनले १२ कक्षा सम्म निशुल्क, सुत्केरी महिलालाई ३ महिना सम्म मासिक ३ हजार भत्ता दिने र सुर्खेत बिमानस्थल विस्तार गर्ने योजना घोषणापत्रमा ल्याएका हुनाले उनको चर्चा छ । अरु दलले खोई पुरानै कुरा त भनेका छन।
अवको युगमा पार्टी हेरेर भन्दापनि व्यक्ति हेरेर र आचरण हेरेर भोट हाल्नुपर्छ भन्ने ती प्राध्यापकको तर्क छ । बृद्धभत्ता पनि घरमैं लगेर दिने र नगर बसको व्यवस्था गर्ने उनका अरु लोकपृय घोषणापत्रका नारा छन् । चुनावी घोषणापत्रलाई मात्रै आधार बनाएर भोट दिन नसकिने वीरेन्द्रनगर–८ का एक स्थानीयले बताए । वीरेन्द्रनगरका अधिकांश स्थानीयले चाँही अहिले वीरेन्द्रनगरले योग्य र परिपक्व व्यक्ति उम्मेदवारको रुपमा पाएको बताए ।
को हुन् गिरी ?
स्नातकसम्म अध्यन गरेका गिरी २०३२ सालमा बिद्यार्थी संगठनको केन्द्रीय सदस्य र २०३४ मा केन्द्रीय उपाध्यक्ष भएका थिए ।
२०४३ मा लाटिकोईली गाउँ प्रधानपञ्च निर्वाचित भएर सामाजिक बिकासमा महत्त्वपूर्ण योगदान गर्नुको साथै पंचायत व्यवस्थाको अन्त्यपछी गिरि राप्रपा जिल्ला कार्यसमिती सुर्खेतको सचीव भएर १० बर्ष काम गरेका थिए ।
तत्कालीन राप्रपा नेपालको केन्द्रिय समिती सह–महामन्त्री तथा राप्रपा एकीकरण पछि केन्द्रिय समिती निर्देशन समितिको सदस्य तथा पछिल्लो अधिबेशन पछि राप्रपाको केन्द्रिय समिती उपाध्यक्ष मुकुन्दश्याम गिरि २०४२ सालदेखि १० बर्षसम्म गंगामाला निमाबीको अध्यक्ष भएर शिक्षा क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला वि.सं. २०६१ मा पनि गिरी वीरेन्द्रनगरको मेयर बनेका थिए । उनी २०२९ सालदेखी बिद्यार्थी संगठनमा आबद्द भएर राजनीतिमा प्रवेश गरेका थिए। वहाँ जितकालागि हलो चिन्हमा मतदान दिएर बिजयी बनाऊ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1