नवलपुरमा एमालेका कार्यकर्ताद्वारा कांग्रेस उमेदवारको गाडी तोडफोड : अध्यक्ष र उपाध्यक्ष घाइते

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उमेदवार चढेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेका छन्। त्यसक्रममा अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे र उपाध्यक्षका उमेदवार पूर्णसिंह राना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक सन्तोष पाठकले बताए।

घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ। उनीहरुको टाउकोमा चोट लागेको छ। वडा नं. ३ बाट चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा एमालेका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यस क्रममा भनाभन हुँदा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

झडप भएपछि नजिकै रहेको घरमा लगेर राखेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेको नायब उपरीक्षक पाठकले बताए। झपडमा एमालेका ३ कार्यकर्ता पनि घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button