गठबन्धन दलले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने प्रण गरे, संयुक्त अपिल हेर्नुहोस्

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले स्थानिय तह निर्वाचनमा हाम्रो तालमेलमा सहमति छ भन्ने सन्देश दिन सोमवार सामूहिक अपिल जारी गरेका छन् । अपिलमा आपसी सहयोग गर्ने प्रण गरेका छन्। तालमेलका विषयमा स्थानीय स्तरमा देखिन थालेका बेमेललाई सम्बोधन गर्दै यस्तो प्रण गरेका हुन्।

अपिलमा भनिएको छ, ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छ र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं।’

देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका नेता, कार्यकर्तालाई आह्वान गरिएको छ। परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउँदै आगामी चुनावीमा सँगै रहने प्रतिवद्धता दोहोर्‍याइएको छ।

‘पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं,’ अपिलमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button