राप्रपाको सदस्यता वितरण र चन्दा संकलन अनलाइनबाटै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग पनि अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका आर्थिक गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग लिने पक्षमा राप्रपा छैन।

पार्टी वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने उनले बताए।

उनले नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्‍याउनेसमेत बताए।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई नि:शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन्।

साधारण र सक्रिय सदस्य अनलाइनबाटै दिने व्यवस्था गरिएको उनले बताए।

साथै आर्थिक सहयोग पनि आइएमईपे र खल्ती एपलगायतबाट गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button