नेपाली कांग्रेसका युवा नेता बिष्णु बाहदुर थापाले मेलुङ गाउँपालिका ५ मा उम्मेद्‍वारी दिने

काठमाडौँ : समाजसेवी नेपाली कांग्रेसका युवा नेता बिष्णु बाहदुर थापा यो पटक दोलखा मेलुङ गाउँपालिका वडा न ५ बाट उम्मेद्‍वारी दिने भएका छन्। २०७२ सालको भूकम्पमा देशका विभिन्न ठाउमा सहयोगमा जुटेका समाजसेवी थापा कोरोनाको महामारीमा पनि काठमाडौँका विविन्न क्षेत्र लगायत आफ्नै गृह जिल्ला दोलखामा गाँस, बाँस, कपास र औषधि जस्ता अति आवश्यक सामाग्री बितरण गरी पिडितको घाउमा मलम लगाइ समाजसेवीको एक उदाहरणीय पात्र बनेका थिए।

राजनिति एक निस्वार्थ समाज सेवा हो भन्ने बूझेका थापाले जनताको समस्या पनि नजिक बाट नियालेका छन् । सक्षम ,इमान्दार र क्षेमतावन नेता तथा जनप्रतिनिधि भए मात्र गाउँटोल लगायत देश बिकाश र समृद्ध हुन सक्छ तेसैले यो पटक मेरो इमान्दरी र क्षेमतालाइ बिश्वाश गर्दै वडावासीले अत्यधिक मत दिएर बिजय गराउनु हुन्छु भन्ने बिश्वाश लिएको छु उनको भनाइछ । आगाम बैशाख ३० गते हुने स्थानीय निर्बाचनमा दोलखा मेलुङ गाउँपालिका वडा न ५ मा वडा अध्यक्षको उम्मेद्‍वारी दिने निर्णय गरेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button