प्रधानमन्त्री ओलीले आज सरकारका तीन वर्षे उपलब्धि सुनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको तीन वर्षे उपलब्धि सुनाउनु हुने छ । आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनु हुने छ ।

सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लाग्नुभएको हो ।

ओली २०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button