दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

२० माघ, काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ ।

काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए ।

उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको उनले बताए । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको उनले जनाए ।

मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button