अविवाहित महिला र एकल पुरुषले अब भत्ता पाउने

२० माघ, काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।

गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । ‘भत्ता ६/६ महिनामा वितरण गरिनेछ,’ अध्यक्षले भने ।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए ।

तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button