कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्ने

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा प्रदर्शन र सभा गर्न लागेको छ।

शुक्रबार दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले सभा गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ।

सभालाई नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले बोल्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेकोले उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button