काठमाडौमा फेरी लम्बियो निषेधाज्ञा, विद्यालय संचालन गर्न पाइने की नपाइने ? (सूचना हेर्नुस्)

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ ।

कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

प्रशासनले निषेधाज्ञा सम्बन्धी बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी खोल्न सक्ने निर्णय गरेको हो ।

यस्तै स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ ।

सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ ।

अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ ।

चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button