
४१ वर्षपछि भारतीय जेलमुक्त दुर्गाप्रसादले देखाउन थाले अनौठो व्यवहार
आफनो सरसफाई आफैँ नगर्ने र अरुलाई पनि गर्न नदिने । जे पायो त्यही खाइदिने । केही भनेमा हेरचाह गर्ने परिवारका सदस्यलाई नै आ’क्र’मण गर्ने ।

अनि जतिबेला पनि घर छाडेर अलपत्र अवस्थामा जताततै हिँडिदिने । कसैसँग रिस उठ्यो भने थ’प्पड हा’न्नेलगायतका अ’मर्या’दित व्यवहार गर्न थालेपछि भारतीय जेलबाट मुक्त गराएर नेपाल ल्याइएका इलाम माईनगरपालिका–१०,लुम्बाकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनालाई अन्ततः संरक्षणका लागि मानव सेवा आश्रमको जिम्मा लगाइएको छ ।

उनलाई हेरचाह गर्दै आएका भतिज १९ वर्षीय गोपाल तिम्सिना,मानव अधिकार संरक्षण मञ्च इलाम र नगरपालिकाका प्रतिनिधिहरुले बुधबार दुर्गाप्रसादलाई विराटनगर–२, पोखरियास्थित मानवसेवा आश्रमको पुरुष शाखामा छाडेर गएका छन् ।
अब दुर्गाप्रसाद आफूहरु जस्तै अन्य ६० जना भन्दा बढी साथीहरुसँग घे’राब’न्दीमा बस्न बा’ध्य हुनेछन् ।
मनोचिकित्सकबाट नियमित चेकजाँच र निरन्तर औ’ष’धी से’व’न गरेर थेरापी गरिएमा दुर्गाप्रसादको अवस्थामा सुधार हुन सक्नेछ । तर,आश्रममा सामान्य उपचार मात्र हुनेभएकाले उनको स्वास्थ्य अवस्थामा सुधार आउन गाह्रो देखिन्छ ।
२० वर्षको लक्का जवान उमेरमा कमाउन भारत गएका दुर्गाप्रसादलाई दार्जिलिङ जिल्लाको एउटा गाउँमा व्यक्ति ह’ ‘त्याको झुठो आरोपमा ४१ वर्ष भारतीय जेलमा सडाइएको थियो ।
गत फागुन ८ गते २०७७ मा उनलाई भारतका लागि नेपाली महावाणिज्यदूत इश्वर पौडेल,स्थानीय एमेच्योर रेडियो क्लब र अधिकारकर्मीहरुको पहलमा पश्चिम बंगालको कलकत्तास्थित दमदम जेलबाट मुक्त गराएर इलामस्थित घर ल्याइएको थियो ।
शुरुमा हराएका दुर्गाप्रसाद घर आएकोमा खुशी भएको परिवारले हिजोआज बो’झ मानेको छ । त्यसमाथि फेरि हराउने वा कतै भीरबाट ल’ड्ने भयले परिवार चिन्तित भएको बताइन्छ ।
एकातिर कमजोर आर्थिक अवस्थाको परिवार,अर्कोतिर परिवारमा दीर्घ रोगी भएको अवस्था ।
४१ वर्षपछि घर फर्कंदा हर्षित परिवारका सदस्यहरुले दुर्गाप्रसादलाई हेरचाह गर्न र उनलाई सम्हाल्न गाह्रो भएपछि उपचारसहितको संरक्षणका लागि सरकार र सामाजिक संघ सँस्थाहरुसँग गुहार मागेका हुन् ।
उनीहरुले दुर्गाप्रसादलाई उपचारसहित कुनै अस्पताल वा पुनर्स्थापना केन्द्रमा राखिदिन जनप्रतिनिधि र अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् ।
भतिज गोपालका अनुसार जस्तोसुकै अवस्थामा घर छाडेर हिँड्न थालेका दुर्गाप्रसाद साउन ३१ गतेका दिन झण्डै एक दिनको बाटो हिँडेर गोदक पुगेका थिए । राती प्रहरीले चिनेर उनको उद्धार गरी परिवारलाई जिम्मा लगाएको थियो ।
लामो समय भारतको जेलमा बसेर मानसिक सन्तुलन गुमाएका ६१ वर्षका दुर्गाप्रसाद इलामको माइनगरपालिका १० लुम्बाकस्थित घर फर्कंदा निक्कै हर्षित देखिन्थे । बेला बेलामा थोरै बोल्ने उनले त्यो बेला आमालाई भेट्दा हर्ष लागेको र जेलकोभन्दा घरको भात मीठो भन्दै केही गीतसमेत गुनगुनाएका थिए ।
त्यो बेला थोरै भए पनि चेत भएका दुर्गाप्रसाद हिजोआज पूरै भ्रममा बाँच्न थालेका छन् । उनले ओछ्यानमै पि’सा’ब फे’र्न,जे भेट्यो त्यही खान थालेका छन् ।
त्यसो नगर्न सुझाउनेलाई आ’क्र’म’णको प्र’यास समेत गर्ने गरेका छन् । बुधबार विराटनगरस्थित मानव सेवा आश्रममा पुर्याइएका दुर्गाप्रसादले आश्रमका सहयोगीहरुलाई केही गीत सुनाएका थिए ।
केहीबेर अन्य कुरा गरेर समेत हँसाएका थिए । उनले अरुले लेख्दै गरेको हाजिरी पुस्तिका खोसेर ठूला अक्षरमा आफनो बुबाको नाम र ठेगाना लेखिदिए ।
दश महिने शिशु अ’पह’रण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ
जुम्लाबाट १० महिने शिशु अ’परह’ण गरी बे’पत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो ।
जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो ।
अ’प’ह’रित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र सं’वेदन’शी’ल छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”
नाटकीय ढङ्गबाट बच्चाको अ’पह’रण
रोकायको अ ‘वै’ध स’म्पर्क’बाट शि’शु ज’न्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् ।
उहाँले भन्नुभयो“ छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले ज’ब’र्ज’स्ती स’म्ब’न्ध राख्यो । शिशु जन्मेपछि अ’प’ह’र’ण समेत ग¥यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।”
किशोरीले भन्नुभयो, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, “तिम्रो आमालेले बोलाउनुभएको छ ।
मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहा¥यौँं । अहिलेसम्म शिशु भेटिएको छैन ।”
किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अ’प’ह’र’ण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उहाँले भन्नुभयो , “मलाई झु’क्याएर नाटकीय ढङ्गले शिशुको अ’प’ह’रण गरियो ।”
किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।



