चोरी गर्न सुर्खेतवाट कोहलपुरमा ‘कोठा भाडा’, कहाँ-कहाँ छ यिनीहरुको सञ्जाल प्रहरी समेत छक्क ?

काठमाडौ । एक हप्ताअघि बाँकेको कोहलपुरमा एक जना मोबाइल चोर्दै गर्दा रंगेहात समातिए ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले गम्भीरतापूर्वक चोरका बारेमा अनुसन्धान गर्‍यो । हेर्दा सामान्य मोबाइल चोरेको जस्तो देखिए पनि प्रहरीका लागि यो ठूलो घटना थियो ।

किनकि, केही दिनदेखि कोहलपुरमा मोटरसाइकल, मोबाइल र अन्य सामान चोरीका घटना बढेको थियो ।

प्रहरी कार्यालय अगाडिबाट नै मोटरसाइकल चोरी भएपछि प्रहरीको चर्को आलोचना भइरहेको थियो ।

यस्ता आलोचना अनि चोरीलाई निस्तेज पार्न कोहलपुर प्रहरीले सई गोपालकुमार मल्लको कमान्डमा सात जनाको टोली नै चोरी नियन्त्रणमा खटाएको थियो ।

यो टोलीको काम नै नयाँ र पुराना चोरको लिस्ट तयार पार्ने र उनीहरुलाई निगरानी गर्ने थियो ।

त्यसपछि प्रहरीले ठूलो कुरा पत्ता लगायो । उनीहरु चोरीकै लागि कोहलपुरमा कोठा भाडामा लिएर बाँके र आसपासका जिल्लमा चोरी गर्न जाँदा रहेछन् ।

टोलीले चोरको बारेमा नयाँ कुराहरु पत्ता लगाएको छ । सुर्खेतबाट चोरीधन्दा गर्न कोहलपुर आएका चार जनामध्ये तीन जना सुदूरपश्चिम गएका छन् ।

कोहलपुरसँग कनेक्सन भएका २० जना क्रियाशील चोर पत्ता लागेको छ । कोहलपुरका चोरको कनेक्सन सुर्खेत, सल्यान, रुकुम, जाजरकोटसम्म रहेको खुलेको छ ।

कसरी बन्यो योजना ?

सुर्खेतका चार जना युवाले एउटा भट्टीमा बसेर योजना बनाए, चोरी धन्दा गर्ने । चोरी त गर्ने, कहाँ गर्ने रु कसरी गर्ने रु चारै जनाको निष्कर्ष निस्कियो, बाँकेको कोहलपुरमा कोठा लिएर बस्ने । त्यहीबाट चोरीधन्दा गर्ने ।

चारै जना कोहलपुर आए । दशबिगाहनजिक कोठा भाडामा लिए, महिनाको २ हजार ५ सय तिर्ने गरी । कोठा भाडा, खाना खर्च सबै चोरीधन्दाबाटै पुर्‍याउने रणनीति थियो ।

यही रणनीतिका साथ चारैजना आ–आफ्नो ‘डिउटी’मा निस्किन्थे । नेपाल समाचारपत्रमा समाचार छ ।

आज जनैपूर्णिमा मनाइँदै

साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् ।

चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँ’ध्ने चलन छ ।

जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् ।

जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँ’धेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँ’धेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ ।

यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ ।

चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउकोमा गोबर र तुलसी रोपिएको माटोले स्नान गरेर तागाधारीहरू एकछाके रहेका थिए ।

चाड मनाउन एक दिनअगावै पशुपतिनाथ, गोसाइँकुण्ड स्नानमा जानुहुने भएकाले जनैपूर्णिमाका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बन्द रहन्छ । यसै दिन मधेसमा दाजुभाइले दिदीबहिनीलाई राखी बाँ’धेर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

यसैबीच, जनैपूर्णिमाको एक दिनअघि पशुपतिनाथको जनै फेराउने प्रचलनअनुसार शनिबार नै पशुपतिनाथका मूूल पुजारीले नाथको जनै फेर्नुभयो ।

पशुपति मन्दिरवरिपरि वैदिक मन्त्रोच्चारण गरिएको काँचो धागो बाँ’धेर मन्दिरलाई स्वच्छ राखियो । मूल पुजारीद्वारा मन्त्रणा गरिएको जनै फेराएपछि पशुपतिनाथ शनिबार गोसाइँकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने मान्यता छ ।

गोसाइँकुण्ड स्नान गरेर यहाँ फिर्ता नहुन्जेल पशुपतिनाथ मन्दिर आइतबारमात्र खुल्छ । यसो भए पनि कोरोना सङ्क्रमणबाट बच्न/बचाउन पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द नै रहेको छ ।

पशुपतिनाथ अमालकोट कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार जनै फेराउने यो सरकारी पूजा हो ।

त्यस्तै जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउनुहु्न्छ ।

यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button