‘गल्ती छन् भने स्वीकार्छु,नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन’: माधव नेपाल

७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’

आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

सबै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
2
+1
0

सम्बन्धित समाचार

Back to top button