
ह्वातै बढ्यो सुनचाँदीको मूल्य,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य
बुधबार सुनको मूल्य ९ सयले बढेर तोलाको ९० हजार एकसयमा पुगेको

छ। अघिल्लो दिन सुन ८९ हजार दुईसयमा कारोबार भएको थियो।

चाँदी २५ रुपैयाँ तोलाले बढेर ११ सय ६५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

