नेपाल–भारत संयुक्त आयोगको बैठक दिल्लीमा सुचारु
२ माघ, काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ ।
बैठकको अध्यक्षता नेपाल र भातरका विदेशमन्त्रीले संयुक्त रुपमा गरेका छन् । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त आयोगको छैठौं बैठकको अध्यक्षता गरेका हुन् ।
बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागीता रहेको छ ।
बैठकमा सहभागी हुन् परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका हुन् । बैठकअघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1
1