अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा कामदारको मृत्यु

संखुवासभाको चिचिलामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङमा काम गर्ने एक जना मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।

 चिचिला गाउँपालिका ३ पुखुवामा रहेको आयोजनाको पावर हाउसको सुरुङमा ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट  ढुङ्गा खस्दा  शुक्लाफाँटा नगरपालिका १२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बुधबार बिहान साढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङ्गा खस्दा उनको मृत्यु भएको हो ।
सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् ।

घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदबारी पठाईएको र  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button