
विगत र वर्तमान अवश्थामा देशका नेतृत्वले गरेका हरेक खालका राष्ट्रघातीः सन्धि र सम्झौता खारेज गर्नै पर्छ।
विगत र वर्तमान अवश्थामा देशका नेतृत्वले गरेका हरेक खालका राष्ट्रघातीः सन्धि र सम्झौता खारेज गर्नै पर्छ।
कोटि कोटि नमनः सर्वशक्तिमान जन नागरिकमा हार्दिक धन्यवाद !! देश विदेशमा रहनु हुने सर्वमान्य बाबुआमा, दाजुभाइ दिदी बहिनी विभिन्न संघसंस्थाका लब्धप्रतिष्ठित महानुभावहरू , समाजसेवी , सामाजिक व्यक्तित्व परमपुजननीय व्यक्तित्व, देशका राष्ट्रवादी नेतृत्व , राजनीतिक बिष्लेषक, राष्ट्रिय अभियानमा समर्पित नेतृत्व राष्ट्र निर्माण अभियानमा परिश्रम , लगनशीलता र निरन्तरतादिई देश बचाउन र बनाउन सक्रिय रूपमा लाग्नु भएका देशका भविष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा रहनु हुने युवा जगत, मिशन नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानित पदाधिकारीहरू, समस्त नागरिक समाज र देशका महान नारीवर्ग, सन्त महात्मा गुरु पिता माता जन, समस्त राष्ट्रिय नेतृत्व र देशको भाग्य र भविष्य सुनिश्चित गर्न अहोरात्र लागिपर्नु भएका व्यक्तित्व !! देशका सर्वशक्तिमान जन नागरिकको उज्ज्वल भविष्यको कामान गर्ने राष्ट्रलाई बचाई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने समस्त जनमा सबैमा साष्टाङ्ग दन्डवत सहित नतमस्तक भई हार्दिक नमनः उच्च सम्मान र सलाम टक्र्याउन चहान्छु।
जीवन सहजपनि छैन ,सरलपनि छैन। जीवन एउटा संघर्ष हो। जीवन कहिलेपनि नसकिने यात्रा हो। जीवन जिउनु र मर्नुको परिभाषा भित्र प्रदैन। जीवन निरन्तर बगिरहने गंगा हो। जीवन ज्वारभाटापनि हो, आँधी र तोफानपनि हो। जीवन सधैंव चलिरहने असंख्य चाहना र आवश्यकता र दुःख शुखको चौतारी र सुन्दर फुलवारीपनि हो। देशकालागि केही गरेर मर्नु जीवन हो। जन्म र मृत्यु शाश्वत सत्य हो।आज देश हाम्रो साझाँ घरपनि हो र हाम्रो अटल रहीरहने जगपनि हो। हाम्रो घर आज धरापमा छ। सुन्दर घरलाई मुसाहरूले प्वाल नै प्वाल पारेर जीर्ण बनाउन लागेका छन। भत्कन र ढल्न लागेको घरको न मर्मत संभार छ न रंगरोगन छ। यस्तो अवश्थामा रहेको घरको संरक्षण र सम्बर्द्धन गर्न घर सम्हाल्न हामीले जिम्मा दिएका ठेक्का लिएका व्यक्तित्ब र नेतृत्वले घर न सम्हाल्न सके न सुरक्षा नै दिन सके ! केही गर्न सकेनन। आफ्नो घर नै धितो राखी लिलाम गर्न लागेका छन। यो समस्त राष्ट्रप्रेमी जन नागरिककालागि प्रसवपिडा र मर्माहात पीडा बोध भएको छ।
देशलाई बचाउन अब अर्को वैकल्पिक शक्तिको आवश्यकता मात्र नभएर अपरिहार्यता भएको छ। देशका जब सम्म देशको वाडडोर देशको सत्ताको ताल्चा र चावी युवापुस्तामा हामीले हस्तान्तरण गर्दैनौ तब सम्म देशमा न विकाश हुन्छ न जन नागरिकले शुख पाउँछन न हामीले चाहेको नेपाल निर्माण हुन सक्छ। देशमा राजनीतिक परिवर्तन भए तर यस्ता परिवर्तन जनता र राष्ट्रमुखी हुन सकेनन यो देशको दुर्भाग्यपूर्ण विडम्बनापूर्ण इतिहासले त्यस्ता राष्ट्रघाती विखण्डनकारीलाई न जनताले माफ गर्लान न इतिहासले क्षेमा देला।
आज देश विखन्डित अवश्थामा छ, देशको परम्परा ,संस्कार ,सभ्यता ,संस्कृति ,नेपालीपन र हाम्रो पहिचान समेत मेटाउने खेलमा विदेशीसंग मिलेर देशका नेता रतौली खेल्दै छन। देशलाई जिम्मा लगाउन एउटा अमेरिकी कम्पनीलाई देश हस्तान्तरण गर्न विश्व मै असफल अमेरिकी सम्म्राज्यवादको चपेटामा नेपाललाई चटनी बनाएर पिस्न MCC जस्तो राष्ट्रघाती, देशद्रोही सम्झौता नेपालको गणतान्त्रिक सदनबाट पारितगरि विदेशीको दास बनाउन मरिहत्ते गरिरहेका छन। यो कुनैपनि स्वाभिमानी नेपालीकालागि सैह्य बिषय होइन। देश कुनै नेता,पार्टी र दलका उच्चस्तरीय नेताको विर्ता, दाईजो र पेवा होइन जे मन लाग्यो त्यही गर्ने देश हाम्रो पहिचान ,सान,मान र ईज्जत हो मातृभूमि हाम्री सर्वशक्तिमान देवी हुन। राष्ट्रदेव भन्दा ठुलो अरू संसारमा केही छैन।देह तथा विदेशमा रहनुहुने सर्वशक्तिमान जन नागरिक अब एक पटक राष्ट्र बचाउने युद्धमा सामेल हुन अपिल गर्दछु। अन्तरात्मादेखि पुष्पगुच्छा पाँउमा राखी प्रणाम गर्दछु।
देशमा सस्तो खेती नेपालको राजनीति भएको छ।रविफे पनि पार्टी खोले तर संघीयता रोजे यो गलत गरे र बाबुरामफे र वामदेवफे पनि पार्टीखोल्ने तयारीमा छन। नेपालमा ११२ बटा पार्टी थिए अब ११५ पुगे । देशका राजनीतिक पार्टी पैसा कमाउने उद्योगको रूपमा छन भने जनता यिनै उद्योगीका श्रमिक र दास भएका छन। अब नेपाललाई बचाउने र।सुरक्षित राख्ने हो भने एक पटक राजेन्द्रप्रसाद लिङ्गदेनलाई समर्थन ,सहयोग गरेर प्रतिनिधि सभा “संघ”मा दुई तिहाइ बहुमत दिएर जिताउ देशको स्वाभिमान तथा जनताको भाग्य र भविष्य सुनिश्चित गरौ।
MCC जस्तो राष्ट्रघाती सम्झौता नेपालको सदनबाट पारित गरेका छन। ब्याख्यात्मक टिप्पणी अमेरिकालाई पठाएर जनतालाई भ्रममा पारेका छन। यो कुनै हालतमा लागू हुन दिनु हुदैन । यतिले पुगेन अब फेरि SSP सम्झौता अमेरिकी सैन्य अभ्यासका नाममा अर्को डरलाग्दो खेल खेल्दै छन। देशलाई यो अवश्थामा पुर्याउने खलनायक देशकै प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड र खडग प्रसाद वली नै जिम्मेवार छन। प्रधानमन्त्रीलाई तत्कालै पदमुक्त नगरे देशको अवश्था श्रीलंका हुने १००% निश्चित छ। जनता राष्ट्रप्रति जिम्मेवार बनौ ।नेपालबाट खारेज गर्ने तर्फ हामी सबैको राष्ट्रिय दायित्व र जिम्मेवार नागरिकको कर्तव्य सम्झी MCC र SSP खारेजी र बहिष्कार अभियानमा साथ र समर्थनकोलागि हार्दिक अपिल गर्दछु। धन्यवाद। जय जननी। जय मातृभूमि।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



