बालेनले कटाए ५० हजार मत

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ।

जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन्। उनले ५० हजार ३० मत ल्याएका छन्।

अहिले वडा १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मत गणना भइरहेको छ।

यस्तै सिर्जना सिंह दोस्रोमा छिन्। उनले  ३०७६७ मत ल्याएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ३००१५ मत ल्याएका छन्। अहिलेसम्म १ लाख ५० हजार ५१६ मत गनिएको छ भने अझै ४० हजार ६७० भोट गन्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button