
देश र जन नागरिक कहालीलाग्दो वर्तमान अनिश्चित भविष्यको पर्खाईमा!!
जनताको र देशको भाग्य र भविष्य अन्धकारमय बनाउने बिदेशी होइनन देशकै पार्टीका नेतृत्व हुन।
देशको विकृति राजनीति र जन नागरिकको भाग्य र भविष्यमाथि खेलवाड गर्ने देशका राजनितीज्ञहरूले पटकपटक देश जनतालाई ठगे र अझैपनि ठगिरहेका छन। देशमा कुनै पार्टी यस्तो छैन जसले देशको दोहन,चरम भ्रष्टाचार नगरेको होस। देेशको इतिहास धर्म,संस्कृति, पहिचान , नेपालीपन, नेपाली विश्वमाँझ रहेको आश्था, सभ्यता ,परम्परा ,देशको भूभाग नदीनाला , विदेशी हस्तक्षेप, देशका नदीनाला, टनकपुर, कोशी व्यारेज, बुढीगंडकी,अपर कर्णाली,टनकपुर,गन्डक सम्झौता,महाकाली र एम.सी.सी. जस्ता सन्धि र सम्झौता एवं राष्ट्रियतासंग गाँसिएका संवेदनशील सवालमा कुनै न कुनै रूपमा दोषी नभएको होस।
हरेक पार्टीमा देश र जनताको मानहानी र देशको स्वाभिमान र प्रतिष्ठा दाऊमा राखेका छन देशका पार्टीका उच्चस्तरीय नेतृत्वले। देशका पार्टीका नेतामा राष्ट्रियहित भन्दा ,जनहित भन्दा आफ्नोहित एवं आफन्तहित परिवारजनहितमा समय खर्चिएका छन। देशलाई हरिकंगाल बनाएका छन। कही नभएको राजनीति विना मेहनतको खेती भएको छ। पद ,पावर,शक्ति ,कुर्सीकालागि हत्याहिंसापनि गर्न पछि परेका छैनन। पदको लोभमा पार्टीको अध्यक्ष समेत दुई तिनवटा सम्म बन्न पुगेको र जनता र हामीले देखेको इतिहास साक्षी छ। देशका ऊर्वरा भूभाग खेर गएका छन खेतवारी बाँझा छन। देश संसारकै जल भन्डार जलासयले भरिपुर्ण देशमा न सिंचाइ छ न युवाको व्यवस्थापन छ, न कृषकलाई प्रोत्साहन। देशका किशान अन्नका भगवान हुन त्यस्ता अन्नदाताको न कदर छ , न सम्मान ,न समयमा बिऊ विजन छ न देशमा उत्पादन र खाद्यान्नमा आत्मनिर्भरताको आशा छ। देशको कृषि मन्त्रीले विऊ बिजन किशानलाई न समयमा उपलब्ध गराउन सक्छ न समुचित व्यवस्थापन । युरिया मलको आयातमा करोडौंको भ्रष्टाचारगरी देशका कृषकलाई ठग्छन।
नेपालको राजनीति एउटा ठगी धन्धाको रूपमा विकशित भएको छ। वास्तवमा भन्नु पर्दा विना मेहनतको खेती देशको राजनीति भएको छ। देशमा जनताको न मान छ न सम्मान। देशका जनता यिनै पार्टीका दास बनाइएका छन। पाँच पाँच बर्षमा यिनै देशद्रोही, राष्ट्रघाती, भ्रष्टाचारी र विखण्डनकारीहरूलाई सत्ताको विरासतमा पुर्याउने बिऊ बिजनको रूपमा जनता प्रयोग भएका छन। यसमापनि किन्चित छणिक स्वार्थमा भोट बैकको रूपमा प्रयोग भएका छौ। देशका जनताको एउटामात्र मतको फरकले देशको नेतृत्व बिजयीहुनेले हार व्यहोर्नुपर्ने र गलत मानिस देशको सत्तामा पुग्ने बिषयमा देशका ६०% जन नागरिक अनभिज्ञ छन।
देशका ६०% जनतालाई न राष्ट्रियतावारे थाहा छ, न देश भनेको वारे थाहा छ, स्वाधीनता र राष्ट्रिय स्वाभिमानका सवालमा जनता अनभिज्ञ छन। पार्टीका कार्यकर्ता पालिएका छन र २०/३० लाख कार्यकर्तालाई भरणपोषण गरेर देशका ठगहरूले राज्यसत्ता कब्जा गरिरहेका छन र यसैको निरन्तरताको कारण देश पराइको जिम्मा गई सकेको छ। हरेक नेपालका ठुला साना राष्ट्रिय मान्यता पाएका नपाएका सबै पार्टी उच्चस्तरीय नेता जनतालाई ठग्ने विदेशीलाई पुज्ने परजीवी ,परनिर्भर ,लम्पसार र देशै जिम्मा दिएर भएपनि आफू सधै सत्तामा बसिरहने जनता र देशलाई ठगि रहेका छन।
सत्य तितो हुन्छ। देशको राजनीति देश र जनतालाई ठग्ने र मागी खाने भाँडो रूपमा अगाडि बढेको छ। जनतालाई सधैंव त्रासमा छन। देशमा प्रसस्त संभावना भएरपनि देशका युवालाई वैधानिक मान्यताकासाथ विदेशमा पठाउन बाध्यात्मक परिस्थितिको सृजनागरी पठाएका छन। देश बनाउने र बचाउने सक्षम युवा शक्ति नेपालमा छैनन।
विदेशमा भएका युवाबाट खर्बौ रेमिटान्स नेपालमा प्रत्येक बर्ष भित्रिन्छ र त्यही रेमिटेन्सबाट सरकार चलेको छ तर ति रेमिटेन्स पठाउने युवाको कुनै राष्ट्रिय तथा बहुराष्ट्रिय योजनामा १% लागनी वा शेयरको व्यवस्थापन गर्न सरकार पुर्णतया असफल सावित भएको छ। देशमा राष्ट्र ,राष्ट्रियता ,राष्ट्रिय स्वाभिमान भनेर राजनीति गर्ने शब्दावली भएका छन व्यवहारमा सबै नौटंकी र नाटक र तान्डव नृत्यनाटकमा यी राष्ट्रिय शब्दावलीको समेत व्यपार गरिरहेका छन सबै देशका पार्टीका नेतृत्वहरूले। देशमा जनयुद्ध ,जनआन्दोलन जे जति राजनीतिक परिवर्तन भए ती सबै विदेशीको डिजाइनमा भएका छन र आजपनि त्यही निरन्तरताको अभ्यास नेपालमा भइरहेको छ।
देशका विज्ञ, बिष्लेषक, योग्य मानिसको न कदर छ न सम्मान हरेक पार्टीमा दुई चार जना आसेपासे भिजलन्ते,विवादित मानिसको मात्र वर्चस्व छ। जसमा न योग्यता छ , न कुनै डिग्री छ, न कुनै भिजन छ , न कुनै राष्ट्रप्रति निष्ठा र राष्ट्रप्रेम। जति जोगी आए सबै काँनै चिरेका जस्तो भएको छ। एउटै पात्र र एउटै रटान छ त्यो सुगा रटाई भएको छ। कुनैमा न राष्ट्र बनाउने क्षमता छ न जनमुखी र राष्ट्रमुखी ऐजेन्डा। देशको सरकार अन्धो भएको छ। देशको स्थायी सरकार जुन पार्टीको सरकार बन्छ त्यसैको अधीनमा छ जसका कारण देशको स्थायी सरकार हैसियत समेत राजनैतिक नेताले आफ्नो खल्तीमा राखेर हिडिरहेका छन। पार्टीको आश्था नभएको घुष नखाने देशलाई माया गर्ने कर्मठ राष्ट्रसेवकको न सम्मान छ न राम्रो स्थानको व्यवस्थापन छ त पार्टीको झोले को छ त्यसको हलीमुहाली चलेको देखिन्छ।
देश यस्तो अवश्थामा पुर्याए कि सबै पैसा नेताले देशका काला व्यापारी भू माफिया र बिदेशी बैकमा जम्मा गरे देशको केन्द्रीय बैक रित्ताएर जनतामा त्रास फैलाएका छन। बोराका बोरा पैसा घरमा थन्क्याएर देशलाई आर्थिक संकटमा पार्ने रणनीति अपनाएका छन। जसरी श्री लंकामा भयावह देखिएको छ त्यसैको प्रारूप नेपालमा सबै मिलेर असफल राष्ट्र , जनतालाई भिखारी वनाएर, सिरिया, काँगो र अफ्रिकाको हालत बनाउने नीति अन्तरगत सरकारले नै यश प्रकारको अघोषित आर्थिक नाकाँबन्दी जनतामाथि गर्दैछ।
देशलाई युक्रेन, अफगानिस्तान र श्री लंकाको अवश्थातर्फ जानाजानी धकेल्दै छन। आज रूस र युक्रेनको युद्ध चलिरहेको छ। त्यसको असर नेपालमा परेको छ। देश अघोषित द्वन्द्वमा परेको अवश्था छ। यस्तो राष्ट्र र जन नागरिकको विषयमा भावी रणनिति सरकारको शून्य छ। सरकारले गठबन्धन चुनाव अंशबन्डा भागबन्डामा केन्द्रीकृत भएको छ। के यस्तो अवस्थामा चुनाव होला ? स्थानीय निर्वाचनको तयारी बजेट विनियोजन कर्मचारी अरन खटन मतपेटिका र मतपत्र छाप्ने काम त भएको छ। आर्थिक व्यवस्थापनकालागि हो कि साच्चै चुनावकालागि हो यसमा शंकास्पद परिस्थिति देखिन्छ। हेरौ स्थानीय चुनाव हुन्छ वा हुदैन कुनै वितन्डा मच्चाउने र नगराउने रणनीति नहोस भन्ने तर्फ सरकारलाई ध्यानाकर्षण गराउन चहान्छु।
२०४६ सालमा कम्युनिष्ट र काँग्रेस सँगै मिलेर निर्दलीय पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याएको हो ! २०६२/०६३ मा काँग्रेस सहितको तत्कालीन सातदलीय गठबन्धन र माओवादीको संयुक्त आन्दोलनले नै राजा ज्ञानेन्द्रको सत्ता र राजसंस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो ! त्यतिबेला खड्ग प्रसाद ओलीले आन्दोलनको विरोध गर्दै जनआन्दोलनलाई बयलगाडाको संज्ञा दिएको भिडियो क्लिप अझै पनि सामाजिक सञ्जालमा छ्यापछ्यापती पाइन्छन् ! संघीयता, गणतन्त्र, संविधानको विरोधी ओलिले देशलाई राजनीतिक दलदलमा फसाउन समाजवादी संविधान च्यात्दै कम्युनिष्ट पार्टिको झण्डै दुईतिहाईको शक्ति भएको संसद विघटन गर्यो । झण्डै दुईतिहाई संसद शक्ति भएको आफ्नै कम्युनिष्ट पार्टि फुटाएर पश्चगमनको बाटो रोजेको ओलीले कम्युनिस्टहरुलाई समेत सिध्याउने रणनीतिमा अझै तल्लीन छन र देश सिध्याउने पात्रपनि यिनै हुन। जिव्रोको ठेगान नभएका जनतालाई उखान टुक्का सुनाएर भ्रमको खेती गरिरहेका छन। यिनको कुनै टुंगो छैन। न बोलीको टुंगो छ, न व्यवहारमा स्पष्ट छन। संघीयता भनेको बोकाको टाउकोमा भैंसीको सिंग राख्ने व्यवस्था हो यो संघीयता भन्ने गरेका छन। यसको अर्थ हो उनकै शब्दमा संघीयता नेपालले धान्न सक्दैन। यो भनाइ के.पी.को सत्य हो। यस्तापात्रबाट न देश सुरक्षित हुन्छ, न कार्यकर्ता यिनकै कारणले MCC पास भएको हो। शेर बहादुर देउवा, प्रचण्ड ,माधवकुमार नेपाल , वावुराम भट्टराई ,उपेन्द्र यादव, लगायतका कम्पनीका सदस्यहरूबाट अनुमोदन गरिएको हो। यिनका पछि लाग्नु भनेको आकाशको फल आँखा तरी मर भनेको सत्य तर अपाच्य राजनीतिक विवेचना रहेको छ।
पाँच गठबन्धन देशको गलेफासो भएको छ। केवल सत्ता र भत्ता कुर्सी र पदमा तानातान हानाहान गरिरहेका छन। अब सत्ताकालागि MCC नै पास गरेर अझपनि कुर्सीमा झुन्डिरहेका छन। अब त सुनिन्छ एउटै चुनाव चिन्ह लिएर चुनाव लडने भन्दै छन। सबै नेपाली काँग्रेसको सदस्यतालिनपनि वेर छैन। सिद्धान्त विनाको राजनीतिको डोको बोकेका नेता र पार्टीहरूबाट देश जोगिएला, जनताको भाग्य र भविष्य सुनिश्चितता होला ? यसता राजनैतिक सिद्धान्त भएकाको के राजनितिक पार्टी र नेता भन्ने यी सबै कम्पनी हुन र घाटानाफाको व्यापार गरिरहेका छन। देशमा अब यी पुराना पार्टी नेतृत्वको हैसियत सबैले गुमाएका छन र अब एउटामात्र डर छ राजेन्द्र लिङ्गदेन नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीको ?
राजेन्द्र लिङ्गदेन व्यक्तिगत रूपमा उनी राष्ट्रवादी नेता र राजनीतिक निष्ठामा कुनै खोट छैन। राप्रपामा कमल थापाले विगतमा धानेको पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापाले आफ्नो कर्मकाण्ड राजनीति चलाए देशको र जन भावना विपरित पार्टीलाई डुवानमा पारेकै हुन यो शाश्वत सत्य हो। एकता महाधिवेशनबाट निर्वाचित पात्र हुन राजेन्द्र लिङ्गदेन। उनमा राजनीतिक निष्ठा छ। देशप्रति प्रगाढ प्रेम छ। देशको धर्म, संस्कृति, पहिचान र इतिहासलाई सम्मान गर्न यो राष्ट्र बचाउने अभियानमा देश दौडाह गरेका छन! वास्तवमा उनमा उच्च सम्मान छ। जनताले र देशले आशा गरेको देशका एउटामात्र सपूत र राष्ट्रिय नेतृत्व हुन राजेन्द्र लिङदेन । हरेक नेपाली जन नागरिकले उनीबाट ठुलो आशा र भरोशा गरिरहेका छन तर डर छ यो पार्टीमा सुयोग्य सल्लाहकार र सही रूपमा स्वाभाविक रूपमा बढेको जन लहरको व्यवस्थापन र सम्पादन जन नागरिकले चाहे जस्तो होला वा गर्न सक्लान भन्ने एउटा चिन्ताको बिषय बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देशमा युगान्तकारी परिवर्तन हुन्छ र माहौलले देखाएको छ। यसमा पार्टीमा प्रवेश गर्ने जन नागरिकको वयोडाटा व्यवस्थापनमा र कार्य सम्पादनमा रेकर्डिङ सिस्टमपनि पारदर्शी हुन जरूरी छ। पार्टी भित्र रहेका विवादित मानिसकोपनि पहिचान र स्थानका बारेमा प्रष्ट हुन जरूरी देखिन्छ। पटकपटक सत्तामा गएका भन्दापनि नयाँ पुस्ता बिशेषतः युवाको त्यसैमापनि नयाँ पुस्ताको अधिकतम सहभागीलाई प्रार्थमिकता दिन जरुरी छ। एउटै पात्रको अनुहार मात्रले सही मानेमा तात्विक परिणाम हाँसिल गर्न सकिदैन। विगतमा मन्त्री भएका सत्तामा पुगेका उच्चस्तरीय पद पुगेका आदरणीय नेतृत्वले पद भन्दा सम्मानित सल्लाहकार बस्नु पर्ने हुन्छ। जनताको नजरमा सत्ता पद र प्रतिष्ठामा पुगेका व्यक्तित्वको शक्तिशाली उपस्थितिले जन नजरमा जन नागरिकको दृष्टिकोण फरक पाईन्छ। बिशेषतः युवा नेतृत्व र नयाँ पात्र चहान्छन जनता यस्ता विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वर्तमान नेतृत्व र समग्र नेतृत्व पंक्तिमा ध्यानाकर्षण होस। सुझाव सल्लाहमा कटुता त हुन्छ तर सत्य सत्य हुन्छ। देश बचाऊ, धर्म बचाऊ, इतिहासको सम्मान गरौ एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्हमा मतदानगरी पुन्य कमाऊ। राजेन्द्र लिङ्गदेनलाई सबै भगवानरूपी जन नागरिकबाट आशीर्वाद दिऊ। हामी सबै जन नागरिक देशप्रति जिम्मेवार बनौ। हामी युवा पार्टीका कार्यकर्ता मात्र होइन जिम्मेवार नागरिक बनौ। एक स्वतन्त्र राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी। जय मातृभूमि नेपाल।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



