राप्रपा अब कुनै हालतमा रोकिदैन : कृष्ण प्रसाद शर्मा पन्थी

स्वतन्त्र उमेदवार उठनोस तर बिजय संभव छैन।

राप्रपा अब कुनै हालतमा रोकिदैन।।
मनन गरौ अन्य स साना पार्टी र स्वतन्त्र उमेदवार होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका राजनीतिक उमेदवार बनौ।
सत्य सधै अध्यारोमा पर्दै आएको छ तर अन्त्यमा सत्यको विजय हुन्छ। यहीँ नै सत्य हो।
स्वतन्त्र उमेदवार उठनोस तर बिजय संभव छैन।
कुनै राजनीति पार्टी एमाले, काँग्रेस ,मावोवादी र जसपा वाहेकका अन्य स साना पार्टी र स्वतन्त्र उमेदवार उठने चर्चा र परिचर्चा चलेका छन।
यसरी आ आफ्नो तर्फबाट उमेदवार उठने नागरिकको स्वतन्त्र र नैरसंघिक अधिकार हो। तरपनि समय र परिस्थिति एव जन चहाना बेग्लै छ। यसवाट भोट वाडिन्छ जसका कारण विजयी हुने संभावना कम हुन्छ।
हाम्रो अनुरोध र अपिल यो छ कि जब हाम्रा विचार, धारणा कार्य योजना र ऐजेन्डा सबै मिल्छन किन वेग्ला वेग्लैधारबाट जाने ? तसर्थ तपाईं सबै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउनोस र पार्टीबाटै उमेदवारी लिनोस।
यसमा अवको राजनीति भनेको देश र जन नागरिकका खातिर गर्ने र राज्यको शासनभाार लिने पार्टी भनेको नै राजेन्द्र लिङ्गदेन नेतृत्व भएको राष्ट्रिय प्रजातन्त्र पार्टी हो। हाम्रो स्वार्थ भनेको राष्ट्रिय स्वार्थ र जनतामुखी स्वार्थ हो।
किनकि !
– राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा पुर्ण रूपमा भ्रष्टाचारको अन्त्य गर्छ र हामीले भनेका छौ केन्द्र देखि स्थानीय तह सम्म कुनै जनप्रतिनिधिले भ्रष्टाचार गर्नु भनेको आफ्नी आमाको रगत खानु हो।
– देशलाई बिकास र सम्पन्नतातर्फ लैजाने हो।
– जनताको नागरिक अधिकार सुनिश्चित गर्ने हो।
– देशमा भएको र गरेका सबै भ्रष्टाचारीहरूको सम्पत्ति छानवीन गर्ने हो।
– देश दोहन गरेर, देशको अपमान गरेर, भ्रष्टाचार गरेर, जनताको रगत र पसिना चुसेर अकुत सम्पत्ति कमाएका नेता उच्चस्तरीय कर्मचारी र देशका मन्त्री प्रधानमन्त्रीले देशको पैसा लुटेर अमेरिकामा २/२ घर छोराछोरी अमेरिका , अष्ट्रेलिया ,बेलायतमा व्यवस्थापन गरेका छन ती मन्त्रीको सम्पत्ति जफत गराउने र नेपालमा कहाँ कति जग्गा जमीन भू माफियाको नाममा राखेका छन र कुन मेडिकल कलेजमा के कति लगानी छ सबै अनुसन्धान गरि देशको पैसा जफत गरेर देशको केन्द्रीय ब‌ैकमा जम्मा गर्ने हो।
– कतिपय मन्त्रीले त आफ्नो परिवार सहित दाजुभाइको नाममा अमेरिकामा घर खरिद सम्म गरेका छन।
– स्वदेशी बैक र विदेशी ब‌ैकमा राखेको र लगानी गरेको पैसा नेपालमा नै फिर्ता गर्ने हो।
– देश बचाउने हो। जन नागरिकको भाग्य र भविष्य सुनिश्चित गर्ने हो।
– देशमा कलकारखाना खोल्ने हो र बिस्थापित भएका कलकारखाना पुनः स्थापित गरि देशका युवालाई देशमै स्वरोजगारको व्यवस्थापन गर्ने हो।
– शिक्षा,स्वास्थ निःशुल्क र भूमिहीन नागरिकलाई निर्विवाद रूपमा छानो र नानोको व्यवस्थापन गर्ने हो।
– देशको धर्म संस्कृतिक र नेपाली पहिचान जोगाउने हो।
– देशको गुमेको पहिचान ,सम्मान र फिर्ता गर्ने हो।
– जनताकै छोराछोरीलाई देशको कार्यकारी प्रधानमन्त्री जसलाई जनताले प्रत्यक्ष निर्वाचनगरि देशको शासन व्यवस्था जनताले चलाउने हो।
– राजा र राजसंस्थाको सम्मानार्थ रूपमा संविधान भन्दा तल राखेर सम्मान गर्ने हो जसरी जापान र बेलायतमा गरिन्छ।
– राजतन्त्र र प्रजातन्त्र होइन राजा सहितको प्रजातन्त्र हो।
– विदेशी चलखेल बन्द गर्ने हो ।
– MCC जस्ता राष्ट्रघाती सन्धि र सम्झौता हामी सबै जनता मिलेर खारेजी गर्ने हो।
– कृषि र शिक्षालाई अधिकतम वैज्ञानिकीकरण गरेर कृषिमा हामी आत्मनिर्भर हुने व्यवस्था गर्ने हो।
– निर्वाचित जन प्रतिनिधिहरू मन्त्री र कुनै लाभको पदमा न राखी सदनमा बसी राष्ट्र निर्माण बिकाश गर्ने रणनीति र खाँका एवं मार्गचित्र तयार गर्ने हो।
– समानुपातिक सांसदको व्यवस्थापन गर्ने हो।
– राज्यका हरेक तहमा ५०% नारी सहभागीताको व्यवस्थापन गर्ने हो।
– देशमा रहेका प्राकृतिक सम्पदा, जल भन्डार र जडिबुटीलाई विश्व बजारमा लगी देशको बिकास गर्ने हो।
– देशका युवालाई अधितम सिट सहित राजनीतिक हस्तक्षेप र युवालाई बढीभन्दा बढी सहभागी बनाउने हो।
– राजदूत होस,संवैधानिक आयोगमा नियुक्ति र न्यायाधीशमा नै किन नहोस वा जिएममा नियुक्ति किन नहोस त्यसमा राजनीतिक कोटा होइन क्षमता र योग्यता एवं प्रतिस्पर्धामा नियुक्ति गर्ने हो।
– देशलाई सुरक्षित ,व्यवस्थित र विकाशमा युगान्तकारी परिवर्तन गर्ने हो।
– यस्ता विविध राष्ट्रमुखी र जनहितका काम गर्ने हो भने किन स्वतन्त्र उमेदवार ,किन यिनै ४/५ बटा पार्टी वाहेकका अरू दल समेत एक आपसमा मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको मेनडेटसंगै किन नजाने र हामी त भन्छौ मावोवादी,काँग्रेस ,ऐमाले र जसपापनि आयौ हामीसंग हातेमालोगरी सबै एक हौ हामी मिलेर देशलाई राम्रो बनाऊ।
हैन
पद ,पावर,कुर्सी कै लागि हो भने आ आफ्नो बाटो लागौ । हामीले अनुरोध ,अपिल र निम्तो गर्ने हो। हो ! पुर्व प्रधानमन्त्री सम्म बनेका डाँक्टरको उपाधि पिचडी सक्कली हो वा नक्कली लिएका पद नपाएर जाँढ खाएको राँगो जस्तो गरी म पाएमा पत्याएमा काठमाडौको मेयर लडछु भने जस्तो कुरा गर्ने हो भने हाम्रो भन्नू केही छैन ! हैन भने हामी हातेमालो गर्न हाम्रो सबैमा राष्ट्रिय अपिल रही आएको छ। अब सबै राष्ट्रवादी शक्ति देशव्यापीरूपमा सम्बन्धित पार्टी र स्वतन्त्र उमेदवार ज्यूहरूमा अपिल र अनुरोध रहेको छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कोही कसैले रोक्न सक्दैन रोक्न खोजियो भने सुर्यलाई हत्केलाले रोक्न खोज्नु जस्तै हो।
प्रवक्ता तथा संचार समन्वय प्रमुख राप्रपा जनतान्त्रिक पुर्व प्रहरी परिषद कृष्ण प्रसाद शर्मा पन्थी । जय राष्ट्रवाद।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button