संभवभए सम्म सदनबाट नभए सडकबाट राजसंस्थाको स्थापना हुने- कृष्णप्रसाद शर्मा पन्थी

राजा सहितको प्रजातन्त्रको स्थापना ! जनताले चुनेको कार्यकारी प्रधानमन्त्री।।

कृष्णप्रसाद शर्मा पन्थी; संभवभए सम्म सदनबाट नभए सडकबाट राजसंस्थाको स्थापना हुने वर्तमान राजनीतिक विश्लेषण।
देशमा जनताले शासन गर्ने र राजसंस्थाको सम्मान। राजा सहितको प्रजातन्त्रको स्थापना ! जनताले चुनेको कार्यकारी प्रधानमन्त्री।।
देशमा राष्ट्र प्रमुख राजसंस्था राजा र कार्यकारी प्रधानमन्त्री देशको आवश्यकतामात्र नभएर अपरिहार्यता भएको छ। देशमा लोकतन्त्र ,प्रजातन्त्र र गणतन्त्र आयो तर देश र जनताले के पाए ? यो नै अहम प्रश्न हो। गणतान्त्रिक शासन व्यवस्था गलत होइन गणतन्त्र चलाउने पात्र र प्रवृत्ति गलत भए जसका कारण गणतन्त्रको कुनै तात्विक अर्थ र परिभाषाको सम्मान भएन।
गणतन्त्रको नाममा हजारौंको संख्यामा देशका जन नागरिक र बिशेषगरि युवाले सहादत प्राप्त गरे। जनताले के पाए। सिंहदरवार र गाउँ गाँउमा हजारौंको संख्यामा राजा भए । जनताको रगत चुसेर करको भारी बोकाएर नेपाली जनतालाई मारेर रगतको होली खेलेर , देशका पुल,मन्दिर अर्बको भौतिक संरचना समाप्त पारेर देशको धर्म संस्कृति बेचेर विदेशीले उपहार दिएको गणतन्त्रले के दियो देश र जन नागरिकलाई यो अहम र महत्त्वपूर्ण प्रश्न हो। करोडको हाराहारीमा देशका भविष्य र भवी देशका निर्माणक शक्ति देशका कर्णधार युवालाई विदेशीन बाध्य गराए। स्वयं राजालेपनि गणतन्त्र स्वीकार गरेर नागार्जुनमा गएकै हुन। सहर्ष राजपाट छाडेकै हुन। राजा र सात दल बिच पाँच बुदेँ सहमति भएको हो। प्रचण्डलेपनि राजा र राजसंस्थावारे निरन्तरता दिने सम्झौता भएको हो। राजा र राजसंस्थालाई बदनाम गर्न देशी र विदेशी शक्ति लागेका छन।
देशका पार्टीका भ्रष्ट नेताहरू अतालिएका छन। राजा र राजसंस्थाको नाम लिंदा देशका पार्टीका उच्च नेतृत्व वरवराउन थालेका छन। यति सम्म गिरेर भाषण गर्छन कि राजाले पार्टी खोलेर राजनीति गर भन्छन, कोही नेता राजालाई देशबाटै लखेटेर छाडछौ भन्छन र कतिले त यस्ता शब्द प्रयोग गरे जो भन्न र लेख्न सम्म मनले मान्दैन।
राजाको कुनै पार्टी हुदैन र राजाले राजनीति गर्दैनन। राजा ,गुरु बाबुआमा कहिलेपनि पुर्व हुदैनन। सधैंव वर्तमान नै हुन्छन। देशमा प्रजातान्त्रिक पद्धतिको सम्मान राजा वीरेन्द्र र ज्ञानेन्द्रले गरेका हुन तर यी देशका नेता विदेशीका भरियाहरूले न झन सकेनन र सम्मान जनक व्यवहार देखाउनपनि सकेनन । यो देश र दुनियाँकालागि दु: खद पराकाष्ठा हो। राजा वीरेन्द्रको हत्या गरे देशी र विदेशी शक्ति मिलेर दरवार र राजा एवं राजसंस्थालाई जन नजरबाट गिराउन तल्लीन छन। प्रमाणको सामुन्ने तर्कले काम गर्दैन।
आज दरवारले भरणपोषण गरेको कमल थापाले सम्म सितल निवासले मलाई हराउन लगायो भने अति तुच्छ शब्दावली प्रयोग गरेर आफ्नो असली चरित्रको आफै पर्दफास गरेका छन। राप्रपाको महाधिवेशन मा राजाले भोट हाल्ने हुन र दोषारोपण गरे। बर्षौ देखि राजकिल्ला जमाएका कमल थापालाई राजेन्द्र लिङदेलले पराजित गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बने र उनले देश काल परिस्थिति ,देशको पहिचान राजा,ईतिहास हिन्दू राष्ट्रको कुरा गर्दा देशका पुर्व प्रधानमन्त्री समेत भएका नेतृत्वले काँग्रेसको राष्ट्रिय महाधिवेशनलाई राजनीतिक मञ्चले रूपमा रूपान्तरण गरे। सत्य पचेन आफुले गरेको गल्ती स्वीकार गर्ने चेतनापनि जागेन। आफुले देश र जनताप्रति गरेकोे अक्षेम्य अपराधको स्वयं उनीहरूको आत्माले आत्म समीक्षापनि गरेनन।
राजालाई बदनाम गर्न हत्याको आरोप र अन्य अनर्गल आरोपप्रत्यारोप लगाएका छन। यसको प्रमाण नदिए भविष्यले जवाफ दिनेछ। हामी सबैले विदेशीबाट लादिएको गणतन्त्र स्वीकार गरेको हो। गणतन्त्रको नाममा लुटतन्त्र र अधिनायकवादी सोच, आफ्न्तवाद,नातावाद ,कृपावाद, फरियावाद, कोशेलीवाद, अमेरिकी सम्राज्यवाद र भारतीय बिस्तारवादलाई सम्मान गरे। राष्ट्र , राष्ट्रियता र जनताको सम्मान हुन सकेन। देशका अभिभावक विदेशीका भए तर देशका हुन सकेनन।अभिभावक भनिएका देशका नेतृत्वले सधैंव देश र जनताको मानमर्दन गरे। राष्ट्रघाती सम्झौता गरे र आजपनि महाकाली सन्धि जस्तै MCC सम्झौता गर्न तान्डव नृत्य देखाई रहेका छन।र।स्वयं देशका प्रधानमन्त्री शेर बहादु देउवा र मावोवादी नेता प्रचण्डले त गोप्य पत्राचार गरेर देश अमेरिकालाई जिम्मा दिने लिखित तमसुक गरिसकेका छन।
देशको बिकास कसरी गर्ने, आफ्ना गल्ती कमजोरी के कसरी सुधार गर्ने राष्ट्र निर्माण कसरी गर्ने, देशलाई कृषि खाद्यान्नमा के कसरी आत्मनिर्भर बनाउने, देशमा कलकारखाना कसरी खोल्ने, अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी र योजना देशमा कसरी भित्र्याउने , जन नागरिकको भाग्य र भविष्य कसरी सुनिश्चित गर्नेतर्फ यिनीहरूको वहस हुदैन खाली बहस हुन्छ सत्ता ,कुर्सी ,पावर पदकोलागि मरिहत्ते गरिरहेका छन र हामीले विगत र वर्तमानको समसामयिक राजनीतिको अध्ययन गर्दा, देशमा भएको भ्रष्टाचार ,नितिगत भ्रष्टाचार र आर्थिक व्यापार घाटा , देशका भविष्य युवापिडिकको दैनिक २००० को हाराहारीमा विदेश पलायन समेतका विविध विषय देश दोहन गरि राष्ट्रिय सम्पत्ति दोहन गरेका हुदा अब देशको विकल्प भनेको राष्ट्र प्रमुख राजसंस्था र कार्यकारी प्रधानमन्त्री जो जननिर्वाचित नै देशको आवश्यकता हो। राजा र राजसंस्थाको महत्त्व छ, इतिहास छ, पुर्खाले वगाएको रगतको मूल्य छ। मुलुक आज अनिर्णयको बन्दी भएको छ। तसर्थ राजाको आवश्यकता राजा बन्न होइन देश बचाउन राजा र।राजसंस्था चाहिएको हो।
राजाले भ्रष्टाचार गर्दैनन, राजाले देश बेच्दैनन, राजाले राष्ट्रिय अहित हुने कुनै सन्धि सम्झौता गर्दैनन , राजाले मुलुक र माटोको सम्मान गर्छन, अन्तर्राष्ट्रिय जगतमापनि नेपालको इज्जत र सम्मान हुन्छ। देशको भू भागको विदेशीले अतिक्रमण गर्न सक्दैनन। देशमा विदेशी आएर कृडास्थल बन्न दिदैनन। हाम्रा चाडपर्व संस्कृतिको अबसरमा राजाको गरिमामय उपस्थिति हुन्छ। संस्कृतिक पर्वमा परम्परागत मान्यता पाउँछन ! धर्म र संस्कृतिको सम्मान हुन्छ। हरेक धर्मको सम्मान गर्दै नेपालमा सनातन हिन्दु धर्मको स्थापना हुन्छ। विश्व कै एकमात्र हिन्दु राष्ट्रको पहिचान र सम्मान बढ्छ।
राजालाई देशको माया हुन्छ, राजाले कुनै नागरिकमा विभेद गर्दैनन,राजाको अभिभाकत्व सर्वमान्य हुन्छ, सर्वग्राही हुन्छ राजाले विगतमा आफ्नो शासन कालमा भएका कमीकमजोरी भएमा सुधार र सल्लाहकार समेतलाई समीक्षा गर्नु नै पर्दछ। राजाले राज गर्ने हो शासन होइन। अब देशको वास्तविकता नै यहीँ हो। यि नेतृत्वले गरेका काम र यिनीहरूले दिएको देश र जनतालाई पिडाबोधबाट मुक्तभई स्वाधीन राष्ट्रको सर्वशक्तिमान नागरिक भएर बाच्ने हो भने पद्धति ,प्रणाली ,व्यवस्था र नेतृत्व परिवर्तन हुन जरुरी छ। यो समसामयिक राजनीतिक विश्लेषण हो बिष्लेषकले देशको वारेमा राजनीति पद्धतिको वारेमा विवेचना गर्ने हो न कि राजनीति। संभवभए सम्म सदनबाट नभए सडकबाट राजसंस्था स्थापना हुने वर्तमान राजनीतिक विवेचना हो। राम्रो नराम्रो जे जस्तो लागेपनि सुझाव र आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला। एक स्वतन्त्र राजनैतिक बिष्लेषक कृष्णप्रसाद शर्मा पन्थी। जय मातृभूमि नेपाल।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button