ए दिल, किन आतिन्छौ?

ए दिल,
किन आतिन्छौ?
आँसु नै त हो,
बग्न देउ,
पीडा नै त हो,
जल्न देउ,
****
केहि दिन बित्ला,
या केही बर्ष,
आधी आउला,
झन बिझाउला,
मुटु पोल्ला,
झन सताउला,
****
तर धैर्य गर,
धड्कनले रफ्तार समाउला,
दुखले शरीर गलाउला,
तिमी स्थिर रहनु,
समय त हो,
बिति जान्छ,
मनै त हो,
सम्हालिन्छ,
****
दोषी आफुलाइ नठान,
गल्ती आफ्नो नमान,
मनै त हो,
बहकिन्छ,
अतालिन्छौ तिमी,
बुझ्छु म,
बरालिन्छौ तिमी,
मान्छु म,
****
समाएका हातहरु,
गरिएका बातहरु,
बिताएका रातहरु,
नसकिएला भुलाउन,
****
तर दिनै त हो,
अस्ताउछ,
समय न हो,
बिति जान्छ,
****
नआत्तिउ तिमि,
रोइदेउ बरु,
समय न हो,
बिति जान्छ,
जिन्दगी न हो,
कटि जान्छ।।
— सुजता निरौला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button