जनकपुरका मिथिला चित्रकार साह नेपाल ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट 

जनकपुरधाम । नेपाल सरकारले २०७८ संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका प्रतिभावान व्यक्तिहरुलाई प्रदान गर्न घोषणा गरेको विभिन्न विभूषित पदकमा जनकपुरधामका मैथिली चित्रकलाका चर्चित चित्रकार अजित साह छनौट भएका छन्  । मिथिला चित्रकार अजित साह नेपाल सरकारको ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट भएका छन्।

“प्रवल जनसेवा श्री पदक” राष्ट्रपति भवन शितल निवासमा आयोजन गरी वितरण गरिने छ । पदकका लागि छनौट भएका चित्रकार साह बिगत ३५ वर्षदेखि मिथिला चित्रकलामा सक्रिय छन् भने चित्रकार साह नेपाल सरकारकै मिथिला रत्न, राष्ट्रिय प्रतिभा पुरस्कार, दुइपटक उत्कृष्ट उद्यमी पुरस्कार, लोककला राष्ट्रिय प्रतिभा पुरस्कारसहित दर्जनौं पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button