काठमाडौं बाहिर सारौं’: बाबुराम भट्टराई

६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि बढाएक छन् ।

आज (मंगलबार) सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन् । उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्न समेत माग गरेका छन् ।

काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अगाडि सारेका छन् ।

काम रोक्न पुरातत्व विभागले सोमबार महानगरलाई पत्राचार गरेको भए पनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाएकाे थियाे । पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

यसै सिलसिलामा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
1
+1
1
+1
16
+1
2
+1
1
+1
1

सम्बन्धित समाचार

Back to top button