के हो पेट्रोलियम कोक ? जसलाई भारतीय कम्पनीहरूले भेनेजुएलाबाट ठूलो परिमाणमा किनिरहेका छन्

काठमाडौं । भारतीय कम्पनीहरूले पहिलो पटक भेनेजुएलाबाट ठूलो परिमाणमा पेट्रोलियम कोक आयात गरिरहेका छन् । पेट्रोलियम कोक कोइलाको विकल्पको रूप मा प्रयोग गरिन्छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पेट्रोलियम कोकको यो आयात विश्वव्यापी रूपमा कोइलाको मूल्य बढेका कारण गरिएको हो। भारतीय सिमेन्ट कम्पनीहरूले अप्रिलदेखि जुलाईसम्म १ लाख ६० हजार टन पेट्रोलियम कोक आयात गरेका छन् ।

यसबाहेक आगामी दिनमा ५० हजार टन पेट्रोलियम कोक भारतको दक्षिण–पश्चिम तटमा रहेको मङ्गलोर बन्दरगाहमा पुग्ने अपेक्षा गरिएको छ भने ३० हजार टनको ढुवानी अगस्टमा जाने छ ।

एजेन्सीका अनुसार जेएसडब्ल्यू, रामको सिमेन्ट लिमिटेड र ओरिएन्ट सिमेन्ट लिमिटेड जस्ता कम्पनीहरूले विश्वव्यापी कोइलाको मूल्य बढेको र रुस-युक्रेन युद्धका कारण भेनेजुएलाबाट पेटकोक आयात गरिरहेका छन्।

रामको सिमेन्ट्स लिमिटेडका प्रमुख वित्तीय अधिकृत वैथियानाथनले रोयटर्स समाचार एजेन्सीलाई भने, “पेटकोकको गुणस्तर एकदमै राम्रो छ र यसमा सल्फर एकदमै कम छ तर समस्या मात्रै यो हो कि कार्गो भारत पुग्न ५० दिन लाग्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button