बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड

बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सियस पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका छन् । अत्यधिक तातोका कारण केही रेल्वेले आफ्नो सेवा स्थगित गरेका छन् । सयौँ अग्नि नियन्त्रकहरूले लन्डन र वेनिंगटनमा घाँसमा लागेको आगो निभाएका छन् ।यसअघि अत्यधिक तापपछि विभिन्न हवाइसेवाले आफ्ना उडान स्थगित भएका थिए । अधिक तापले धावन मार्गको अलकत्रा पग्लिएपछि उडान स्थगित भएका थिए । तापक्रम बढेपछि अधिकांश विद्यालय बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button