निशुल्क उपचार चाहने संक्रमितले यो सूचना हेर्नुहोस्

काठमाडौ । कोरोना संक्रमित भएर निशुल्क उपचार चाहनुहुन्छ भने अब सरकारी अस्पताल र प्रतिष्ठानमा उपचारका लागि जानुपर्नेछ । सरकारी अस्पताल र प्रतिष्ठानमा मात्र अब संक्रमितको निशुल्क उपचार हुनेछ । नीजि अस्पताललाई उपचारका लागि दिएको सरकारी सुविधा हटाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् ।

संक्रमितको उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह समेत गरेको छ । सरकारले यसअघि विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सेवा सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।

नेपालकै यि स्थानिय तह जहाँ संक्रमित नै छैनन् कसरी भयो सम्भव ?

नेपालकै केही स्थानमा संक्रमितको संख्या शुन्य छ । काठमाडौमा संक्रमितको संख्या थपिदै जाँदा दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य छ ।

हाल कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका ,तथा नौगाड गाउँपालिमा तत्कालका लागि सक्रिय संक्रमित नभएका हुन् ।

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा ३३ जना अझै संक्रिय संक्रमित रहेको बताएका छन।

स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटि सहर्जकर्ता सुजन बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा १ जना महाकाली नगरपालिमा ५ जना दुहुँ गाउँपालिमा ८ जना व्याँस गाउँपालिकामा ५ जना मार्मा गाउँपालिकामा १० जना तथा शैल्यशिखर नगरपालिमा ४ जनना गरी ३३ जना अझै सक्रिय संक्रमित रहेको उनले बताए।

मंगलबार सम्म १ हजार ३६ जना भन्दा बढिमा कोरोना संक्रमित रहेको बताइएको छ। हाल सम्म ३ जना महिला सहित ११ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button