गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् । 

यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिँदै आएको थियो ।

सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले  पहिले कोरोना संक्रमितको सशुल्क उपचार गर्दै आएका थिए ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गण्डकी मेडिकल कलेजले सरकारसँग कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्ने सहमति गरेपछि अस्पतालमा आवश्यक तयारी थालिएको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.टुमाया घलेले जानकारी दिइन् ।

सरकारसँगको सम्झौतामा जटिल अवस्थाका बिरामीको उपचारमा एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको अवस्थामा त्यो थप रकम बिरामीले तिर्नुपर्ने गरि सम्झौता भएको डा.घलेले बताइन् । 

उनकाअनुसार सरकारले सामान्य अवस्थाको कोरोना बिरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार दैनिक रुपमा  बेहोर्ने गरी सम्झौता भएको बताइन् ।

तर जटिल प्रकारको विरामीका लागि अक्सिजनको मात्रा, रेमडेसिभिर लगायतका महङ्गो औषधीको प्रयोग गर्नुपरेको अवस्थामा १५ हजार सरकारले बेहोर्ने भएपनि त्यसभन्दा माथि लागेको खर्च बिरामी आफैंले तिर्नुपर्ने उनको भनाई छ ।

डा.घलेले अधिकांश गम्भिर खालका बिरामीहरु अस्पतामा आउने गरेको बताइन् । ‘हाम्रो अस्पतालमा आउने अधिकांश बिरामी गम्भिर खालका छन्’ उनले भनिन् । ‘गम्भिर खालका बिरामीलाई दैनिक १५ हजारको खर्चले उपचार पुग्दैन, त्यसका लागि कुन औषधि प्रयोग हुन्छ । त्यसअनुसार थप रकम आवश्यक पर्छ । त्यो बिरामीले तिर्नुपर्छ ।’

उनले अस्पतालमा अहिले ५६ आइसियु बेड र १९ वटा भेन्टिलेटर रहेको बताइन् । उनले अहिलेसम्म अस्पताल आएका कुनै पनि बिरामीलाई फिर्ता नपठाएको दावी गरिनन् ।

‘हाम्रो टिचिङ अस्पताल भएकाले अस्पताल आउने सबै खालका विरामीका उपचार गर्दै आएका छौं’ उनले भनिन् । ‘अस्पतालमा उपचार गराउन आएका कुनै पनि बिरामीलाई अहिलेसम्म फिर्ता पठाएका छैनौं, सबैको जेनतेन उपचार गर्दै आएका छौ ।’

डा.घलेले पछिल्लो समयमा धेरै औषधिको अभाव भएको र औषधिजन्य सामग्रीमा अस्वभाविक मूल्य बृद्धि भएकाले समस्या भएको बताइन् ।

गण्डकी मेडिकल कजेजमा आइसियू १ सयभन्दा बढी संक्रमितको उपचार हँुदै आएको छ । हाल अस्पतालको आइसियुमा ५६ जना, एचडियुमा १५ जना, क्याबिनमा ३ जना र आइसोलेसन बेडमा समेत बिरामी भर्ना भएका छन ।
त्यसैगरी मणिपाल शिक्षण अस्पतालले समेत सशुल्क उपचार गर्दै आएकामा सरकारसँगको सम्झौतापछि संक्रमितको निःशुल्क उपचार गर्ने तयारी थालेको छ ।

अस्पतालले कोरोना संक्रमितका लागि ७७ बेड छुट्टयाएको भएपनि हाल जम्मा ४५.४५ जना बिरामीको मात्र उपचार गर्दै आएको छ । सरकारसँगको सम्झौतापछि अस्पतालले सबै बेडमा संक्रमित राख्नेगरी तयारी आगाडि बढाएको जनाएको छ ।
सरकारले जिएमसी र मणिपालसँगै देशभरका अरु अस्पतालहरूसँग पनि कोरोनाको निःशुल्क उपचार गर्ने सहमति गरेको छ ।

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत

प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्नु भएपछि बस्नेतले आज सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई बिभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएपछि राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेको भन्दै उनले विपक्षी दलले बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

सांसद बस्नेतले भने, “सरकार र राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठनको आह्वान गर्नु भएको हो, यसलाई बङ्ग्याएर भ्रम फैलाउने, गाली गलौच गर्ने गर्नुभन्दा बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे भइगयो, एमाले प्रतिपक्षमा बस्न तयार छ ।”

काँग्रेस, माओवादीलगायतका दलले बहुमत पुर्याए मा आफू प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेतले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विप विरुद्ध मतदान गर्ने तथा गर्न लगाउने जस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button