मेयर रेणु दाहालको महानगरमा मृ तकको ला समा ब्र म्हलुट – एउटा श व जलाएको २८ हजार रुपैयाँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो चितवन। यहाँको प्रमुख भरतपुर महानगरपालिकाको मेयर छिन रेणु दाहाल । जो प्रचण्डकी छोरी हुन्। कोरोना महामारीमा संक्रमितलाई सहज उपचार, अस्तपताल, आइसोलेसन र निःशुल्क दा हसं स्कारको व्यवस्था मिलाउनु जनप्रतिनिधिको दायित्व हो। यो रेणु दाहालको पनि दायित्व हो। तर, उनकै महानगरमा मृत्युको संस्कारमा ब्र म्हलुट गरेको खुलेको छ।

महानगर अन्तर्गतको देवघाटस्थित दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको श व ज लाउन ठाउँ मा एउटा शव जलाएको २८ हजार रुपैयाँ लिने गरेको पाइएको छ। मृत्युपछिको मानवीय पी डा र संवेदना बिर्सिएर महानगर लासबाट समेत अ सु लीमा ला गेको पा इएको छ।

यसको भुक्तभोगी भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल पैसा नहुने मान्छेले के गर्लान भनि आक्रोश पोख्छन्। कोरोनाबाट निधन भएका आफन्तको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका उनले शव जलाउँदै गर्दा शुल्क बापत २८ हजार रुपैयाँ मागेको देखे।

घाट जान पैसा बोकिएको थिएन। सबैसँग मागेर काम चलाइयो। आफन्त वित्नुको पीडा, दाहसंस्कार गर्नुको पीडा त छँदैथियो त्यसमाथि शुल्कको पीडा पनि थपियो। रिमाल र उनका आफन्तलाई यति शुल्क लाग्छ भन्ने जानकारी थिएन। अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन।

त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो र कम धेरै हो रिमालको नजरमा। उनले यसलाई घटाउन माग गरे। बढिमा १० हजार भन्दा बढी नलाग्नेमा च र्को अ सु ली भइरहेको उनको गुनासो छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बढि शुल्क लिइरहेको गु नासो आएको भन्दै कसरी घटाउने भन्नेबारे छलफल गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button