
अन्ततः कोरोनाको खोपको साटो खाने औषधि तयार, सोमवार शुभारम्भ
महामारीका कारण निकै ठूलो समस्या भोगेको भारतले खोपका बारेमा नयाँ चमत्कार गरेको छ । विश्व नै खोपको अनुसन्धानमा जुटेको बेलामा भारतले खाने औषधी तयार पारेको छ ।

त्यसको शुभारम्भ समेत सुरु गरेको हो । सोमवार खाने औषधिको सुभारम्भ गर्ने भारतीय मिडियाले जनाएका छन् । भारतले बनाएको खाने औषधि २–डीजी आज सोमबार शुभारम्भ गर्न लागेको हो ।

त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) निर्माण गरेको २–डीजी औषधिलाई सरकारले मान्यता दिएको छ । त्यसको पहिलो खेप रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा। हर्षवर्द्धनले आज बिहान साढे १० बजे शुभारम्भ गर्ने भएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार शुभारम्भछि एक दुई दिनमा संक्रमितका लागि यो औषधि उपलब्ध गराइनेछ।
हैदराबादस्थित डा। रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ। महामारीले सबैभन्दा हैरान बनाएको बेलामा नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ।



