डब्ल्यूएचओले भन्यो- नेपालमा कोरोना नियन्त्रणबाहिर जान सक्छ ‘नेपाललाई आपत्कालीन सहयोग आवश्यक छ’

काठमाडौं । नेपालमा तत्काल कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ ।
राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् ।

कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको र आपत्कालीन सहयोग आवश्यक रहेको बताएका हुन् ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताएका छन् ।

संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । साथै, डा. गेहब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

यसैसाता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खोप आपूर्तिका लागि पहल गर्न सुझाएका थिए ।

राष्ट्रसंघीय निकाय डब्लुएचओले कोभ्याक्स सुविधाअन्तर्गत प्रभावित मुलुकहरुमा खोप आपूर्ति गर्दै आएको छ । तर, भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन ।

डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खोप जम्मा गर्दा गरिब मुलुकमा खोप आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।

यो पनि,,,,बालाजुस्थित त्रिलोक स्कुलका प्रिन्सिपल नवराज खनालको कोरोनाका कारण भयो दुखद निधन

लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रहेका त्रिलोक चिल्ड्रेन एकेडेमी बालाजुका प्रिन्सिपल नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोभिड सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।

यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए ।

विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए । उनी नेपाली विषयका शिक्षक थिए । स्व खनालका बुबाआमा, श्रीमती र दुई छोरा छन् ।

तेस्तै पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । कोरोना भाइरस् सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढसय हाराहारीको सङ्ख्यामा सङ्क्रमण देखिन थालेको जनाइएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १५१, अघिल्लो दिन १५६ तथा बुधबार १४६ मा कोरोना सङ्क्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हाल कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता एक हजार ७२४ सक्रिय सङ्क्रमित रहेका छन् ।

करीब हप्ताअघिसम्म दैनिक सरदर ७० सङ्क्रमित थपिने गरेकामा कन्ट्याक्ट टे«सिङ प्रक्रियाबाट दोब्बर सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएकाले बढ्दो सङ्ख्यामा यसका बिरामी देखिएका हुन्, कन्ट्याक्ट टे«सिङलाई नियमितता दिन सकिएमा कोरोना पत्ता लगाई ज्यान जोगाउन मद्दत पुग्ने थियो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो ।

उहाँका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याइँ गर्ने र स्वास्थ्य स्थिति बिग्रँदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत शुरु गर्न नपाउँदै अस्पतालमै मृत्यु हुने गरेका घटना देखिएका छन् ।

पछिल्लो हप्तादेखि समुदायस्तरमा जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितको यही अवस्था रहिरहे होम आइसोलेशनमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै जाने आशङ्का गरिएको छ ।

गाउँगाउँमा कोरोना सङ्क्रमणबारे अवस्था अनुगमन गर्नुपर्नेमा त्यसो नभएकाले स्थिति भयाभह हुनसक्ने पनि झाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह अझ बढी जागरुक बन्नुपर्ने देखिन्छ, कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रममा अबको दुई हप्ता अधिकांश स्वास्थ्यकर्मी पनि व्यस्त रहन्छन् ।”

उहाँ अब निषेधाज्ञालाई ‘लकडाउन’मा बदल्दै स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।

यसैबीच यहाँ कूल कोरोना सङ्क्रमणमध्ये ३८ दशमलव ५१ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरपालिकाका छन् । जिल्लामा हालसम्म एक हजार ७२४ मा कोरोना भाइरस सङ्क्रमण देखिएमध्ये बनेपाका ६६४ हुन् ।

पछिल्लो २४ घण्टामा बनेपाका २४ मा, अघिल्लो दिन ३४ मा सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका दश सङ्क्रमितको मृत्यु भएको छ । हाल कोरोनाको ‘हटस्पट’का रुपमा देखिएको बनेपा शहर जिल्लाको प्रमुख व्यापारिक केन्द्र पनि हो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म जिल्लाका कूल एक हजार ७२४ सङ्क्रमितमध्ये बनेपामा ६६४, धुलिखेलमा ३५३, पनौतीमा २९८, पाँचखालमा १०५, नमोबुद्धमा ८० र मण्डनदेउपुर नगरपालिकामा ६७ तथा रोशीमा २३, चौंरीदेउरालीमा १८, तेमालमा २८, भुम्लु ३०, खानीखोलामा २३, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा १७ सक्रिय सङ्क्रमित रहेका छन् ।

कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् एक हजार ६४२ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ७२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button