आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट आयो बजारमा, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ ।

किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ ।

घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् ।

कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।

यो पनि,,,,बागलुङका सङ्क्रमित आइसोलेशनमा बस्दा नाचेको भिडियो बन्यो भाईरल (

बिबिसी । ताराखोला गाउँपालिका, बागलुङका एम्बुलेन्स चालक रमेश खत्री कोभिड बिरामीलाई ओसार्दा आफै सङ्क्रमित भए। आइसोलेशनमा अन्य बिरामीसँग बस्दा उनले मनोबल उच्च राख्न दैनिक नाच्ने गर्थे। खत्री भन्छन्, “कोरोना भएको बेला नाच्दा मलाई कोरोना लागेको छैन जस्तो महसुस हुन्थ्यो।

मनोबल उच्च हुन्थ्यो।” उनको नाचमा अन्य सङ्क्रमितका सँगै स्वास्थ्यकर्मीले पनि साथ दिन्थे।आफ्ना नाचका भिडिओहरू इन्टरनेटमा राखेका खत्री बागलुङ जिल्लास्थित कोभिड अस्पतालमा १२ दिन बसेपछि सङ्क्रमणमुक्त भएका छन्।

सकारात्मक सोच राखे कोभिडविरुद्ध लड्न सजिलो हुने उनी बताउँछन्।

यो पनि,  जिल्ला अस्पताललाई कोभिड अस्पताल
जिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण गरिएको छ । लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो ।

यसअघि केही शय्यामा मात्रै सङ्क्रमितको उपचार भइरहेको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । नियमित तथा अरू रोगका बिरामीको उपचार कोरोना सङ्क्रमित भएका बिरामीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ ।

जैशीका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ । अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो ।

अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन शय्या रहेका छन् । आइसीयूकक्ष तीन, भेन्टिलेटर एक, अक्सिजन सिलिण्डर ५४, एचडीयू शयुया एक, अक्सिजनसहितको शय्या ३३ र साधारण आइसोलेशन ३३ रहेको छ । थप अक्सिजन सिलिण्डर खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको छ ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकालाई १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो ।

जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

कोरोनाबाट जोगिन र जोगाउनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । सीमानाकामा समेत कडाइका साथ निगरानी बढाएको छ ।

बैंकले एक चौथाइ कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

पहिलो चरणमा वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषेधाज्ञा गरिएको थियो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयसहित, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जेठ ७ सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो ।

वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट, जुफाललगायतका बजार बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ ।

हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button