साबधान ! कोरोना संक्रमित भएका व्यक्तिले यी खानेकुराहरु खाँदै नखानूहोस्

काठमाण्डौं । कोरोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ ।

कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्नु होला ।

प्याक गरिएको खाना

कोरो’ना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ ।

प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

मसालेदार खाना

को’रोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ ।

त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

चिसो पेय पदार्थ

को’रोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ ।

तारेको खानेकुराहरु

बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ ।

यस किसिमको खानेकुराले रोग प्रतिरोधात्मक क्षमतमलाई असर पुर्याउने गर्छ । यस किसिमका खानेकुराभन्दा ताजा तथा काचो फलफूल शरीरका लागी फाइदाजनक रहेको हुन्छ ।

यो पनि..,,,विश्ववाट ठूलो खतरा टर्यो, मालदिभ्समा खस्यो रकेट

एजेन्सी । विश्वलाई नै निकै चिन्तित बनाएको चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ। रकेट विमान कहाँ खस्छ भन्ने थाहा नहुँदा विश्वलाई नै चिन्तित बनाएको थियो ।

चिनियाँ संचारमाध्यमका अनुसार अन्तरिक्षमा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो।

सो रकेट चिनियाँ समयअनुसार राति १० बजेर १२ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।

चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो। सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो।ट

अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो। तर हिन्द महासागरमा रकेटका टुक्राहरु खसेसँगै सो त्रास टरेको छ।

अमेरिकाको यूएस स्पेस कमान्डले पनि वायुमण्डलमा चिनियाँ रकेट प्रवेश गरेको बताएको छ। तर त्यो कहाँ खस्यो भनेर केही बताएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button