उपत्यकाका अस्पतालमा अक्सिजन अभाव

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ ।

कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । 

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।

” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।

एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा. राजभण्डारीले भने ।

यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ । 

अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने । 

अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उनको भनाइ छ । पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ ।

अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दासमेत अक्सिजन ल्याउन नसकेको बताए ।

निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्षसमेत रहेका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि,,,,खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो 

उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ ।

यो पनि,,,डीभी २०२२ को नतिजा सार्वजनिक

सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button