
यी ४ कुरालाई ध्यान दिएमा ८० प्रतिशत रोग नै लाग्दैन – डा. भगवान कोइराला (भिडियो)
बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईराला मुटु रोगीहरुको लागी भगवान सरह नै हुन ।कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘फायर साईड’ चलाउने पत्रकार भुषण दाहालले केहि बर्ष अघि बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईरालासंग गरेको धेरै महत्वपूर्ण स्वास्थ्यवार्ता ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अहिलेसम्म १४ हजारभन्दा बढी बिरामीको मुटु बचाइसकेका छन् । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मुटुलगायतका अधिकांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।

यि चार कुरामा ध्यान दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोगबाट बच्न सकिने डाक्टर कोइरालाको दाबी छ । bनेपालमा हुने मृत्युहरुमा सबै भन्दा बढी अर्थात् दुईतिहाई मृत्यु नसर्ने रोगहरुबाट हुन्छ जसमा मुटु रोग उच्च स्थानमा रहेको छ ।
अन्तर्वार्ताको क्रममा डाक्टर कोइरालाले केहि अचुक स्वास्थ्य सुत्र भने जसको प्रयोगले सिंगो नेपाली जनताले सदैब स्वास्थ्य लाभ लिनु सक्ने छन् तर के जनता पालना गर्नु तयार छन् ? हेर्नुस महत्वपूर्ण अन्तर्वार्ता ।
यो पनि,,,,कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र संक्रमण भयावह हुने संकेत
सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् ।
भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन ।
भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् । तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ । ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ ।
त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्रमण हुने देखिन्छ ।



