सङ्क्रमितलाई बेड चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या (बेड) चाहिएमा टोल-फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो पनि,,,कैलालीमा उपभोग्य वस्तुको मूल्य बृद्धिसँगै कालोबजारी बढ्यो, उपभोक्ता मारमा

कोरोना महामारी रोकथा तथा न्यूनीकरणका लागि लकडाउन लागू भएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । बजारमा कुनै पनि वस्तुको अभाव नभएपनि व्यापारीहरुले कृतिम अभाव सिर्जना गरेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलगायतका बजारमा अहिले अतिआवश्यक सामग्रीको मूल्य बढेपछि उपभोक्ताहरु चरम मारमा परेका छन् ।

दैनिक उपभोग्य सामग्री चामल, दाल, तरकारी, फलफूल, तेल, चिनी लगायतका वस्तुमा प्रति केजी करिब २० देखि २५ रुपैयासम्म बढाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएसँगै उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग बढी मारमा परेका छन् ।

बजारमा कालाबजारी गरेर अत्याधिक मूल्यबृद्धि गरेको र सरकारले नियन्त्रणमा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । दास्रो चरणको कोभिड महामारीका कारण आयस्रोत गुमाएका सर्वसाधारणहरुमा मूल्य वृद्धिको अत्यन्तै प्रभाव परेको धनगढी–८ का स्थानीय टीआर भट्टले बताए ।

दोस्रो चरणको कोभिडको समस्या भोग्दै आएका सर्वसाधारणहरुले पछिल्लो दिनमा मूल्य वृद्धिको कारण थप समस्या भोगिरहेका छन् । लकडाउनँसँगै सार्वसाधारणको लागि अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरुको मूल्य दिनानु दिन बढ्दै गएपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

कोरोनाका कारण आयश्रोत गुमेसँगै र महँगी बढेपछि झन समस्या थपिएको धनगढीका स्थानीय पे्रम बहादुर बमले बताए । दिन प्रतिदिन मूल्यवृद्धि हुँदै गएपनि सम्बन्धित निकायहरुले नियन्त्रण तथा व्यवस्थापनमा ध्यान नदिएको उनको गुनासो छ ।

त्यस्तै तरकारी तथा फलफूल व्यवसायी एम बहादुर रावतले विविध कारणले केही वस्तुको मूल्य वृद्धि भएको बताए । बजारमा उपभोग्य वष्तुको अभाव सँगै विभिन्न सामग्री ओसारपसारमा समेत समस्या हुने गरेकोले बजार मूल्यमा केही अन्तर आएको उनले बताए ।

यता बजारमा अनुगमन तथा महंगी नियन्त्रणको जिम्मा पाएका निकायहरुले वेवास्ता गर्दा महँगी तथा कालाबजारीले उपभोक्ताको ढाड सेकिएको छ । उल्टै वाणिज्य आपूर्ति तथा उपभोग्ता संरक्षण कार्यालयक कैलालीले लकडाउनका कारण वस्तुको अभावका कारण बजार मूल्य बढेको भन्दै बसेको छ ।

कृतिम मूल्य बृद्धि गर्ने र कालाबजारी गर्नेलाई कुनै कारबाही हुन सकेको छैन । जसको कारण कालोबजारी दिनानुदिन बढ्दै छ । लकडाउनका कारण विभिन्न वस्तुको मूल्य बृद्धि भएको वाणिज्य आपूर्ति तथा उपभोग्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button