
अध्ययन भन्छ – ५ जिन समूहको मान्छेमा कोरोनाको जोखिम बढी
कोरोना भाइरस महायुद्धमा अहिले देश दुनिया लागिरहेको छ । विश्वभरका वैज्ञानिकहरू भाइरसविरुद्धको खोप परीक्षणको क्रममा छन् । कतिपय खोपले सकारात्मक असर देखाएसँगै विश्वभरि नै खुसीको बहार छाएको छ ।

तथ्यांकलाई आधार मान्दा भाइरस संक्रमणको संख्या निरन्तर बढ्दैछ तर यस बीचमा कोरोना भाइरसको असरबारे नयाँ अनुसन्धान पनि बाहिर आउने क्रम जारी छ ।

हालसम्मको वैज्ञानिक अध्ययनले कुन रगत समूहका मानिसमा कोरोनाको जोखिम छ ? भनेर खोजी ग¥यो । अहिले भने वैज्ञानिकहरू जिनको बारेमा वैज्ञानिक अनुसन्धानमा छन् । उनीहरुको यो अध्ययनले कुन जिनमा कोरोनाको जोखिम बढी छ ? भन्ने कुरालाई बढी प्राथमिकतामा राखेको छ ।
यी ५ किसिमका जिनलाई जोखिम बढी – अध्ययन
बेलायतको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार कोरोना संक्रमितमध्ये पनि टीवाईके २, सीसीआर २, ओएएस १, आईएफएनएआर २ र डीपीपी ९ जिन भएका व्यक्तिमा यसको असर धेरै भेटिएको छ ।
यस अनुसन्धानले यी व्यक्तिहरुमा कडा लक्षणका साथ जोखिम पनि बढी हुने सम्भावना सो अध्ययनले देखाएको हो ।
यति मात्र होइन यी ५ प्रकारका जिन भएका व्यक्तिहरूमा गम्भीर बिरामी वा मृत्युको जोखिम समेत धेरै छ ।
डेली मेलको रिपोर्ट अनुसार माथि उल्लेखित ५ जिनका २७०० जनामा गरिएको अध्ययनमध्ये २२ प्रतिशत मान्छेको मृत्यु भइसकेको छ । यसमध्ये पनि ७४ प्रतिशत बिरामी यस्ता थिए जो स्वयंमा सास लिन सक्षम थिएनन् । खराब अवस्थामा पुगेपछि उनीहरुलाई भेन्टिलेटरमा राखिएको थियो ।
केही व्यक्तिसमूहको लागि गम्भीर बन्छ कोरोना भाइरस
नेपालमै पनि धेरै किसिमका कोरोना संक्रमितको अनुभव बाहिर आएको छ । जहाँ कोही मानिसहरू कोरोनाकै कारण गम्भीर बिरामी पनि हुन्छन् । तर धेरैमा यसको लक्षण पनि देखिँदैन ।
यस अनुसन्धानमा वैज्ञानिकहरूले दाबी गरेका छन् कि यो अध्ययनले केही उमेर समूहका मान्छेको लागि गम्भीर हुन्छ भन्ने पत्ता लगाएको छ । यति मात्र होइन वैज्ञानिकले कोरोनाले सबैभन्दा बढी प्रभावित जिनको अन्वेषणले औषधि बनाउन समेत मद्दत गर्ने दाबी पनि गरेको छ ।
जो कोहीमा पनि कोरोनाको भिन्दाभिन्दै लक्षण
प्रायः हामी त्यस्ता समाचारहरू सुन्न सक्छौं कि कसैमा कोरोनाको हल्का लक्षण हुन्छन् त कसैमा गम्भीर । कसैलाई सामान्य औषधिले काम गर्छ भने कसैलाई भेन्टिलेटरको नै आवश्यकता पर्छ ।
लक्षणमा पनि कसैलाई केवल ज्वरो मात्रै आएको हुन सक्छ र आफैँ निको हुन्छ भने कसैलाई अस्पतालमा गम्भीर किसिमको उपचार गराउनुपर्ने हुन सक्छ ।
सावधानी अपनाउनुहोस्
जहाँसम्म कोरोना खोपको परीक्षण चलिरहेको छ त्यो हामीहरुसम्म आइपुग्न पर्याप्त समय लाग्न सक्छ । त्यसैले खोप आयो भनेर कोरोनालाई सामान्य सम्झिन नहुने चिकित्सकहरु बताउँछन् ।
कोरोनाको संकट सकिइनसकेकोले मास्क लगाउन छाड्नुहुन्न, तातो पानीले नुहाउनुपर्छ, हात धुनुपर्छ र भिडभाड भएको ठाउँमा कम जानुपर्छ । यस्तो गर्न सक्यो भने कोरोना भाइरसबाट बच्न सकिन्छ ।
यो पनि,,,,दाद राेग पहिचानको तरिका, यसबाट बच्न के गर्ने ?
काठमाडौं । दाद आम मानिसमा देखिन सक्ने एक किसिमको संक्रामक समस्या हो । यो जुनसुकै उमेर समूह र जुनसुकै लिंगका व्यक्तिमा पनि देखिन सक्छ । तर यसको समस्या पहिचान गरेर समाधान गर्नको लागि भने सामान्य जीवनशैलीमा गरिने परिवर्तन मात्रै पर्याप्त रहेको चिकित्सकहरू बताउँछन् । दादको प्रकार, यसको समस्याका कारण र समाधानको उपायको बारेमा तल उल्लेख गरिएको छ ।
दादको प्रकार
दादका विभिन्न प्रकार हुन्छ । जसमा निम्नलिखित किसिमका छन् ।
टिनिया बारबाइ
यस किसिमको दादमा अनुदारको दारी आउने क्षेत्रमा र गर्धनमा बढी देख्ने गरिन्छ । जसको साथमा धेरै चिलाउने समस्या पनि देखिन्छ । यसको कारण कैयौं पटक कपाल नउम्रिने समस्याप नि देखिन्छ । यस्तो किसिमको दाद बढी दारी काट्न जाने समयमा देख्ने गरिन्छ ।
टिनिया क्यापेटिस
यो दाद खप्परमा हुन्छ । यो मुख्यगरी बच्चालाई बढी प्रभावित गर्ने खालको दाद हो । यो सामान्यतया बाल्यकाल वा किशोरावस्थामा हुने गर्छ । यो स्थिति सामान्य रुपले स्कुलमा समेत फैलिने गर्छ । टिनिया क्यापेटिसका कारण टाउकाको केही भागमा तालु खुइलिने गर्छ ।
टिनिया क्रुसिस
जोर्नी, पिँडुलाको भित्रि भाग र छातीको आसपासको छालामा हुने दादलाई क्रूसिस टिनिया नामले चिन्ने गरिन्छ । दादको यो प्रकार किशोर र पुरुषमा धेरै देखिने गर्छ ।
टिनिया पेडिस
खुट्टाको दादको सन्दर्भमा टिनिया पेडिस सबैभन्दा महत्वपूर्ण हुन्छ । यो उनीहरूको मान्छेमा धेरै देखिन्छ जो सार्वजनिक स्थानमा धेरै नग्न अवस्थामा हुन्छन् जस्तो सार्वजनिक शौचालय र स्वीमिङ पुल आदि ।
दालको लक्षण
दालको लक्षण यसको संक्रमणको आधारमा भिन्दाभिन्दै हुने गर्छ । जसमा छालाको संक्रमणका साथ अलगअलग अनुभव हुन सक्छ । जुन निम्नानुसार छन् ।
–छाला चिलाउने र छालामा देखिने विभिन्न किसिमको दाग
–दाग फैलिँदै जानु र एउटा क्षेत्रमा सबै दागैदाग देखिनु
–दागको बाहिरी भागको किनारामा रातो हुनु या एउटा औंठीको जस्तै दाग देखिनु ।
–शरीरको माथिल्लो भागमा देखिने विभिन्न किसिमको दाग
दादको कारण
दाद एक संक्रामक समस्या हो । यो एक परजीविको कारण हुने गर्छ । यो परजीवी तपाईंको बाहिरी छालाको कोशिकामा आक्रमण गर्ने र अनेक तरिकाले फैलिने स्वाभावको हुन्छ । यसको कारण निम्नानुसारको छ ।
एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिनु – दाद संक्रामक समस्या हो । यो संक्रमित व्यक्तिको छालामा स्वस्थ व्यक्तिको छालाले छाइयो भने सर्न सक्छ ।
जनावरबाट मानिसमा –दादबाट ग्रसित जनावरलाई स्पर्श गर्नुले समेत दादको संक्रमण मान्छेको शरीरमा समेत सर्न सक्छ ।
विभिन्न वस्तुबाट मान्छेमा –मानव या जनावरद्वारा कुनै पनि संक्रमित वस्तुलाई छुनुले पनि दादको संक्रमण मान्छेमा फैलिन सक्छ । संक्रमितले प्रयोग गरेका वस्तुहरू जस्तै, काइँयो, ब्रस, कपडा आदि ।
यसबाहेक माटोबाट पनि दादको संक्रमण हुन सक्छ ।
दादबाट कसरी बच्ने ?
स्वस्थ व्यवहारले दादबाट पनि बच्न सकिन्छ । ज्यादा संक्रमण जनावरको संक्रमण र उचित स्वच्छताको कमीका कारण हुने गर्छ । दादबाट बच्नको लागि तल केही सुझावहरू उल्लेख गरिएको छ ।
–जनावरलाई छोएपछि आफ्नो हात धुनुहोस् ।
–पाल्तु जनावरलाई राख्ने ठाउँ सफा बनाउनुहोस् ।
–यदि तपाईंमा प्रतिरक्षा प्रणाली कमजोर छ भने त्यस्ता जनावरहरूको स्पर्शमा धेरैबेर नबस्नुहोस् ।
–वर्षाको समयमा सार्वजनिक स्थानमा जाँदा जुत्ता लगाएर मात्रै जाने गर्नुहोस् ।
–आफ्नो खुट्टालाई सफा र सुख्खा राखौं ।
यो पनि,,,कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ?
कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृत्युको जोखिम पनि रहँदैन ।
यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान लिने जोखिम रहन्छ । यसर्थ कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु ।
प्रतिरक्षा प्रणाली भोजन, व्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समूचित उपयोगले बलियो बन्दछ ।
प्रतिरक्षा प्रणाली बलियो भएको खण्डमा कोरोना भाईरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा संभावित जोखिममा भएकाहरुले निम्न लिखित खानेकुरा हरूलाई आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ ।

१. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ ।
भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रमणलाई निस्तेज गर्न सहयोग गर्दछ ।
२. अंकुरित गेडागुडीः अंकुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु¥याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो ।
अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पछि क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरी अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् ।
यी तत्वहरूको प्रयोगले कोरोना भाईरसको संक्रमण कम गर्न सहयोग गर्दछ ।
३. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाइने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा खास सहयोग गर्छ ।
४. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।
५. पालङ्गो :पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ताखनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो ।
यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।
६. स्याउ: स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याउमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्यााउमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ ।
स्याउमा पाइने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरुलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा सहयोग गर्छ ।
७. फर्सीको बियाँः फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन । तर हामीले फर्सीको बियाँ खाने गरेका छैनौं । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ फ्याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।
८. ग्रीन टि: ग्रीन टिको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट र एपि-ग्यालो-क्याटाचिन-ग्यालेट नामक द्रव्य पाईन्छ । यी दुबै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन । साथै अन्य जडिबुटी चिया पनि उपयुक्त हुन्छ ।
९. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो ।
रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।
१०. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलफूल भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौं तर अमिला फलपूmल भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ ।
भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न सहयोग गर्दछ ।
११. अदुुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा, प्रदाह एवं शोथ ग्रस्त हुँदा अदुवाको प्रयोग सदियौंदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ ।
१२.लसूनः लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा पिता पुर्खाहरूले औषधि एवं मसलाको रूपमा युगां देखि प्रयोग गर्दै आएका हुन् ।
रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।



