थाइराइड पो भयो कि ?

थाइराईड सामान्यतया एक प्रकारको ग्रन्थी हो, जुन घाटीमापुलती आकारमा हुने गर्छ । यसले थाइराइड हर्मोनको श्राव गर्छ । यदी उक्त हर्मोनले सही तरीकाले काम नगरेको अवस्थामा थाइराईडको समस्या देखा पर्ने गर्छ ।

थाइराईको सबैभन्दा मुख्य लक्षण भनेको थकान हो । यदी कसैलाई विना शारीरीक परिश्रम पनि थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । विशेषगरी हाइपर थाइराईडिज्ममा हुने अनिद्राका कारण शरीरमा दिनभर थकान महसुस हुने गर्छ ।

शरीरमा थाइराइडिज्म बढेसँगै व्यक्तिमा थकानका साथमा बेचैनी समेत बढ्ने गर्छ ।

विना कुनै परिश्रम यदी कसैको तौल अचानक कम हुनथाल्छ भने त्यस्ता व्यक्तिलाई थाइराइड भएको हुनसक्छ । यदी कसैमा थाइराईड ग्रन्थी अधिक मात्रामा सक्रिय छ भने, उसको तौल अचानक कम हुन थाल्छ ।

विना कुनै शारीरीक परिश्रम यदी कसैलाई घुडा तथा जोर्नीमा पिडा महसुस हुन्छ, त्यो थाइराईडको संकेत हुनसक्छ । यस्ता दुखाईले तपाईको दैनिकीमा समेत असर पार्न सक्छ । यतिसम्मकी सामान्य भारी उठाउदा समेत घुडा तथा मांसपेशीा दुखाई महसुस हुने गर्छ । कसैकसैलाई हात झनझनाउने समस्या हुने गर्छ । सका कारण हातमा सुजन हुनसक्छ ।

घाँटी सुन्निनु थाइराईडको समस्या सजिलै पहिचानमा आउने गर्छ । यसको कारण घाँटीमा पिडा हुने, आवाजमा बद्लाव आउने, स्वर भारी हुने गर्दछ । हुन त घाँटी सुन्निनु थाइराईडमात्र नहुन पनि सक्छ । तर यदी कसैलाई बारम्बार घाटी दुख्न , घाँटी सुन्निने समस्या छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

थाइराईडका कारण कपाल तथा छालामा समस्या उत्पन्न हुने गर्छ । जसका कारण कपाल रुखो हुने, भनmर्ने लगायतका समस्या देखिने गर्छ । त्यस्तै, छालामा पाप्रा जम्ने, छाला सुख्खा हुने लगायतका समस्या देखा पर्ने गर्छ । त्यसबाहेक, छिटो छिटो कपाल बढ्नु तथा शरीरका विभिनन अंगहरुमा कपाल पलाउनु पनि थाइराइडको संकत हुने गर्छ ।

हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा पेट सम्बन्धि समस्या निम्तने गर्छ । विशेषगरी हाइपो थाइराईडिज्म भएका मानिसहरुमा पाचन सम्बन्धि समस्या अधिक मात्रामा हुने गर्छ, जसका कारण उनीहरुमा कव्ज तथा पखालाको समस्या हुने गर्छ ।

हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा महिलाको महिनावारीमा गडबड हुने गर्छ । यसको लक्षण रोगमा भर पर्ने गर्छ । हाइपो थाइराईडिज्म भएका महिलाहरुमा ढिलो ढिलो महिनावारी हुने वा हुदै नहुने लक्षण देखा पर्छ भने हाइपर थाइराईडिज्म हुने महिलामा महिनावारी छिटो छिटो तथा आवश्यक्ता भन्दा बढी हुने गर्छ ।

शरीरमा अधिक मात्रामा बेचैनी भएमा यसले थाइराईड भएको संकेत गर्दछ ।

विशेषगरी जब थाइराइड बढी मात्रामा सक्रिय हुन थाल्छ, त्यतिबेला शरीरले बढी मात्रामा थाइराईडको उत्पादन गर्न थाल्छ । जसका कारण शरीरमा तनाव तथा बैचीन उत्पन्न हुन थाल्छ ।

त्यसबाहेक, अधिक मात्रामा निद्रा लाग्नु वा अनिद्रा पनि थाइराईडको संकेत हुनसक्छ । विशेषगरी , अण्डर एक्टिभ थाइूराईडमा मुड बढद्लिने समस्या अत्याधिकमात्रामा हुने गर्छ । यसबाहेक, जीउ आलश्य हुने, काम गर्न मन नलाग्ने हुने गर्छ ।

अधिक मात्रामा थाइराईको उत्पादनले मानिसको दिमागमा समेत असर पार्ने गर्छ । जसका कारण मानिसको याददास कमजोर हुन थाल्छ । यस अर्थमा यदी कसैलाई अचानक विर्सने रोग लागेको छ भने त्यो थाइराईको संकेत हुनसक्छ ।

हाइपोथाइराइडिज्मको असर व्यक्तिको यौन इचछामा समेत हुने गर्छ । यौन सम्बन्धप्रति उसको रुची कम हुुँदै जानु हाइपर थाइराईडिज्मको अर्को लक्षण वा संकेत हुनसक्छ । यसमा थकान महसुस हुन, शरीर तथा मांसपेशीमा पिडा महसुस हुन, बेचैनी हुनु पनि कारक तत्व हुनसक्छ ।

यो पनि,,,छालाको समस्या र उपचार विधी

छाला शरीरको वाहिरी पत्र हो, जो स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । तर, बाह्य संक्रमणले चाढै प्रभावित हुने भाग पनि छाला हो । छालाको अनेक समस्या हुन्छन् । त्यस्ता समस्याका निदान पनि खोजिरहेका हुन्छौं । तर, प्रभावकारी रुपमा त्यसको निदान भएको हुँदैन ।

छाला रोग तथा चर्म रोग हुनुमा एउटा मात्र कारण हुँदैन । शरीरको भित्री रोगहरुको प्रभाव पनि छालामा देखिन्छ । मुटु, मृगौला, आन्द्रा, पेट आदिमा समस्या भए त्यसको असर छालामा पनि देखिन्छ । अतः छाला एक सूचक पनि हो, शरीरको रोग दर्शाउने ।

यदि छाला स्वस्थ्य, चम्किलो र मुलायम छ भने, बुझ्न्पर्छ स्वास्थ्य ठिक छ । तर, छालामा कुनै संक्रमण, दाग आदि समस्या देखियो भने, कुनै न कुनै समस्या हुनसक्छ ।

छाला रोगको लक्षण र गंभिरतामा भिन्नता छ । यो अस्थायी र स्थायी हुन्छ । दुख्ने र नदुख्ने हुन्छ । कतिपय अवस्थामा यो आनुवांशिक पनि हुनसक्छ । कहिले काहिँ छालाको विकार एकदमै सुक्ष्म पनि हुनसक्छ, जो जीवनका लागि खतरनाक हुनसक्छ ।

छाला रोगको गंभिरतालाई हामीले नजरअन्दाज गर्न मिल्दैन । यदि यसमध्ये कुनैपनि किसिमको समस्या छ भने उपचार खोज्नैपर्छ ।

छाला एवं छालाको प्रकार

– रुखो छाला

-तैलिया छाला

-चिकन पक्स

-एक्जिमा

-रोजेशिया (अनुहार रातो हुने)

– सिबोर्हिक डर्मेटाइटिस

– छाला रोग

-सेतो दाग

-इन्पटिगो

-छालाको क्यान्सर

– तिल

-मुसा

-डन्डिफोर

-दाद

-चिलाउने

आदि

के हुन्छ लक्षण ?

– रातो वा सेतो दाग देखापर्नु

-छाला चिलाउने

-छालाको पत्र उप्किने

– अल्सर

-सुख्ख वा रुखो हुने

-छालाको रंग बिग्रनु

किन हुन्छ छालाको संक्रमण ?

१. छालाको रोम छिद्र, रौंमा रहेको ब्याक्टेरिया

२. छालामा हुने सुक्ष्मजीव

३. भाइरस

४. प्रतिरक्षा प्रणालीको कमजोरी

५. एलर्जी गराउने पदार्थ वा कुनै अर्को व्यक्तिको संक्रमित छालाको सम्पर्कमा आउनु

६. अनुवांशिक कारक

७. थाइराइड, प्रतिरक्षा प्रणाली, मृगौला लगायत शरीर प्रणाली प्रभावित गराउने रोग

छालाको संक्रमण

१. व्याक्टेरियाबाट हुने छालाको संक्रमण– यो संक्रमण तब हुन्छ, जब छालामा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।

२. भाइरसबाट हुने छालाको संक्रमण– सबैभन्दा आम भाइरस तीन समूहमा हुन्छ । पाक्सभाइरस, ह्युमन पापिलोमायभाइरस, हर्पीस भाइरस ।

३. फंगल संक्रमण– शरीरको रसायन र जीवन शैली फंगल संक्रमणको कारण बन्छ ।

सावधानी अपनाउने

१. साबुन र तातो पानीले हात धुनुपर्छ । अर्थात हातको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ ।

२. खाने र पिउने भाँडावर्तन अरुसँग शेयर नगरौं ।

३. जसको छालाको संक्रमण छ, उनीहरुसँग सोझो सम्पर्कमा रहनु हुँदैन ।

४. सार्वजनिक स्थान, जस्तो जिम उपकरण, प्रयोग गर्नुअघि सफा गरौं ।

५. व्यक्तिगत सामान, जस्तो कम्बल, स्विम सुट आदि अर्को व्यक्तिसँग सेयर नगरौं ।

६. प्रत्येक रात कम्तीमा सात घण्टा सुतौं ।

७. पर्याप्त पानी पिउनुपर्छ ।

८. अत्याधिक शारीरिक तथा भावनात्मक तनावबाट बचौं ।

९. पौष्टिक आहार लिने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button