
ब्रेन ट्युमरको सामान्य लक्षण
सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

ब्रेन ट्यूमर भएमा मानिसहरु सोच्ने गर्छन्, यसले दिमागलाई मात्र प्रभावित पार्छ, जबकी सत्यता फरक छ ।

सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने मस्तिष्कमा सानो गडबडी मात्र भएपनि यसले शरीरलाई नै प्रभावित पार्दछ । परिणामस्वरुप, शरीरले राम्ररी काम गर्न सक्दैन ।
बे्रन ट्यूमरको हकमा यसले शरीरलाई गम्भीर प्रकारले हानी नगरेपनि यसको दुष्प्रभावबाट शरीर अछुतो रहन सक्दैन । किनकी जब मस्ष्किमा ट्यूमर पलाउँछ, तब शरीरमा विभिन्न किसिमको बदलाव देखिन थाल्छ ।
ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय शुन्य हुने गर्छ । अझ, ट्यूमर ब्रेन स्टेममा छ भने यो समस्या अझै धेरै हुने गर्छ । यो त्यही स्थान हो, जहाँ मस्तिष्क मेरुदड्डको हड्डीसँग जोडिएको हुन्छ । र, यो ठाउँमा ट्यूमर भएमा शरीर शून्य हुन्छ, र मानिसले प्यारालाइसिस भएजस्तो महसुस गर्न थाल्छ ।
ब्रेन ट्यूमर भएमा व्यक्तिलाई प्राय चक्कर आउने गर्छ । कयौ पटक चक्करकै कारण मानिस लड्न समेत सक्छ । खासगरी ट्यूमर सेरिबेलममा छ भने यसले शारीरिक सन्तुलनलाई समेत प्रभावित पार्न सक्छ ।
व्यक्तिलाई कोअर्डिनेश (समन्वय) गर्नमा समस्या हुन्छ । सेरिबेलममा ट्यूमर भएमा व्यक्ति प्रायः लडखडाउने गर्छ । यसकै कारण व्यक्तिलाई हिड्नमा समस्या हुनुका साथै दैनिक कार्य गर्न तथा खानमा पनि समस्या हुने गर्छ । यसबाहेक, यदी ट्यूमर मस्तिष्कको भेसल गेन्ग्लियामा छ भने शरीरको पोजिशन पनि असामान्य हुन्छ ।
ट्यूमर मस्तिष्कको पछाडीको भाग वा पिट्यूटरी ग्रन्थीको आसपास भएमा यसको सिधा असर आँखामा पर्छ । यसकै कारण व्यक्तिको आँखा धमिलो हुन्छ वा एउटै वस्तु दुईवटा देखिन थाल्छ ।
जो मानिसको मस्तिष्कको ट्यूमर कपाल तन्त्रिकाको नजिक हुन्छ, त्यस्ता व्यक्तिको सुन्ने क्षमता लगभग गमाउँछ । यसबाहेक, उनीहरुलाई शरीर नियन्त्रण गर्नमा समस्या हुनुका साथै अनुहारको मांसपेशी कमजोर हुने, खाना निल्नमा समस्या हुनथाल्छ ।
ब्रेन ट्यूमरले व्यक्तिको सोच्ने तथा सम्झने क्षमतालाई प्रभावित पार्न सक्छ । ब्रेनको कुनै भागमा ट्यूमर भएमा व्यक्तिलाई बोल्नमा मात्र नभएर शब्द बुझ्न समेत समस्या हुनसक्छ । त्यतिमात्र हैन, ब्रेन ट्यूमर मस्तिष्कको अघिल्लो भागमा छ भने यसले व्यक्तिको सोच र व्यक्तित्वलाई समेत विपरीत तरीकाले प्रभावित गर्छ ।
ब्रेन ट्यूमरको प्रभाव शरीरिक र मानसिक स्वास्थ्यमा मात्र नभएर व्यक्तिको स्वभाव पनि पर्न सक्छ । विशेषगरी ,ब्रेन ट्यूमर फ्रन्टल लोबमा पुगेको छ भने व्यक्तिको स्वभावमा परिवर्तन आउन थाल्छ ।
किनकी यो अवस्थामा व्यक्तिले आफ्नो व्यवहारमा नियन्त्रण गर्न सक्दैन, जसका कारण व्यक्तिमा चिडचिडापन तथा उदासी बढ्न थाल्छ ।
ट्यूमर मस्तिष्कको जुनसुकै भागमा किन नहोस्, यसले टाउकोमा दवाव उत्पन्न गर्छ । जसले गर्दा व्यक्तिलाई बेस्सरी टाउको दुख्नुका साथै वाकवाकी लाग्ने, उल्टी हुने गर्छ ।
यसका साथै, अत्याधिक थकाई लाग्ने, शरीर सुस्त हुने, सुत्नमा समस्या हुने गर्छ । यसबाहेक यही दवावका कारण मानिस कोमामा जान सक्छ ।
हुन त ब्रेन ट्युमरमा टाउको दुख्नु सामान्य लक्षणमा पर्दछ । यो समस्या सुरुमा विहानको समस्या धेरै हुने भएपनि पछि पछि यो लगातार हुनथाल्छ । यो समस्या कहिलेकाही यति बेजोड तरीकाले हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन समेत गुमाउन सक्छ ।
यो पनि,,,छालाको क्यान्सर र यसको जोखिम

घाममा धेरै समय विताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, शरीर तथा छालामा अत्याधिक कोठी भएमा, छाला संवेदनशील भएमा, घाममा बस्दा छाला पोलेमा वा छालामा कत्ला परेमा, छाला, आँखा तथा कपालको रङ्ग हल्का भएमा पनि त्यस्ता व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ ।
के छ त जोखिमबाट बच्ने काइदा ?
–विहान दश बजेदेखि बेलुकी चार बजेसम्मको घामबाट बच्ने ।
–सुर्यको हानीकारक विकिरणबाट बच्न शरीर डाक्ने लुगा लगाउने ।
–घरबाट बाहिर निस्कदाँ जहिले पनि १५ वा सो भन्दा धेरै एसपीएस भएको सन्सक्रिमको प्रयोग गर्ने । र, बोतलमा उल्लेख गरेको निर्देश अनुसार पुन प्रयोग गर्ने ।
–छालाको क्यान्सरको लक्षणबारे जानकारी राख्ने ।
–प्रत्येक महिना छालाको जाँच गर्ने । छालामा कुनै पनि बदलाव देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्ने ।
कति प्रकारका हुन्छन् ?
छालाको क्यान्सर तीन प्रकारको हुन्छ, बेसल सेल कार्सिनोमा, स्क्वामोस सेल कार्सिनोमा र मेलोनोमा ।
बेसल सेल कार्सिनोमा
छालाको क्यान्सरका प्रकारहरुमध्य बेसल सेल कार्सिनोमा सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर छालाको सबैभन्दा तल्लो तहको मूल कोशिकामा विकास हुने गर्छ । यो क्यान्सर विस्तारै विस्तारै बढछ, र अन्य भागमा फैलिन्छ । त्यसैले, यसको उपचार समय रहँदै गर्न जरुरी छ ।
यो क्यान्सर विशेषत अनुहार, कान, टाउको लगायत घाममा एक्सपोज हुने ठाउँमा हुने गर्छ । यो क्यान्सर भएमा छालामा मोतीजस्तो दाना वा मासुको डल्लो देखा पर्छ । मासुको डल्लो गुलाबी देखिने गर्छ । छालामा रातो दाग देखा पर्छ । घाउ ठिक भएर पछि आलो हुने गर्छ ।
स्क्वामोस सेल कार्सिनोमा
यो क्यान्सर छालाको माथिल्लो तहको बाहिर कोशिकामा हुन्छ । मुखको भित्र, जनेन्द्रीय क्षेत्र सहित स्क्वामोस सेल कार्सिनोमा क्यान्सर कही पनि हुनसक्छ । त्यसैले , यो क्यान्सर फैलिनबाट रोक्न सुरुमै जाँच आवश्यक छ ।
मेलोनोमा
मेलोनोमा क्यान्सर छालालाई रङ्ग प्रदान गर्ने कोशिकाबाट सुरु हुन्छ । यो क्यान्सर अन्य टिस्यू तथा अंगमा छिटोछिटो फैलिन सक्छ । यद्यपि, सुरुमा उपचार गरेमा यो क्यान्सर ठिक हुनसक्छ ।
त्यसको लागि छालामा आएको बदलाव वा नयाँ छाला वा छालामा रहेको मासुमा ध्यान दिनु पर्छ ।
त्यस्तै, उक्त मासुको आधा भाग छालाको अन्य भागको मासुको रङ्गसित नमिलेमा, छालाको रङ्ग एक भन्दा धेरै भएमा वा छालाको रङ्गसित नमिलेमा, छुदाँ अर्कै खालको मससुस भएमा, छाला चिलाएमा, सुख्खा भएमा, गाठो भएमा, सुन्निएमा वा नरम भएमा पनि मेलोनोमा क्यान्सर भएको हुनसक्छ ।
के छ त उपचार विधी ?
यसको उपचारमा छालाबाट क्यान्सर भएको छालाको सम्भावित टिस्यूलाई हटाउन सकिन्छ । यसको लागि चिकित्सकको परामर्शमा बायोप्सी जाँचको लागि प्रयोगशालामा पठाउन सकिन्छ । छालाको क्यान्सर भएको पत्ता लागेमा यसको उपचार रेडियो थेरापी तथा किमोथेरापीमार्फत गर्न सकिन्छ ।