
पायल्सको जोखिम र उपचार
मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ ।

सावधानी

पायल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो । कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । यसरी बल लगाउँदा मलद्वारा वरिपरिको नशा फुटेर पायल्सको समस्या निम्तने गर्छ ।
त्यस्तै, निरन्तरको पखला, पाचनमा समस्या वा शौचालयमा लामो समयसम्म बस्ने बानीले पनि पायल्स हुनसक्छ । तारेको, भुटेको, मसलेदार खानेकुरा, निस्क्रिय जीवनशैली, अनिद्रा, धुम्रपान, मद्यपान आदिले समेत पायल्सको समस्या निम्त्याउन सक्छ ।
पायल्सको जोखिमबाट बच्न सन्तुलित र सुपाच्य खानपान, पर्याप्त झोल पदार्थ वा पानी, फलफूल, फाइबरयुक्त सागसब्जी आदिको सेवन महत्वपूर्ण हुन्छ ।
जोखिम
कतिपय अवस्थामा पायल्स हानिरहित हुन्छ । यसको उपचार पनि सहज हुन्छ । यद्यपि कतिपयमा भने यसले जटिल समस्या निम्त्याउने गर्छ । पायल्सको कारण अत्याधिक पीडा भएमा चिकित्सकलाई देखाउनैपर्छ । लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोशिका कम भई रक्तअल्पता हुनसक्छ ।
उपचार
सिट्ज बाथ- पाइल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ । सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पाइल्सका विरामीले आफ्नो कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट मनतातो पानीमा डुवाउनु पर्छ ।
नरम ट्वाइलेट पेपरको प्रयोग-पाइल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । किनकी पायल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको घाउ हुन सक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्न पर्छ । साथै, फोहर वा अल्कोहल नभएको पेपरको प्रयोग गर्नु पर्छ । अन्यथा, प्रभावित क्षेत्र पोल्न सक्छ ।
ट्रपिकल औषधिको-पायल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारको ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ । जसमा एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन् । यस्ता औषधीमा विच–हेजेल वा हाइड्रोकार्टिकोसोन इत्आदी पर्दछ । यसले पायल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ । यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन ।
दुखाई कम गर्ने औषधि-पायल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा हुन्छ । पीडा कम गर्न औषधि प्रयोग गर्न सकिन्छ । यद्यपि, चिकित्सकसित परामर्श गर्नु पर्छ ।
बरफको सेकाई-मलद्वारामा रहेको नशाहरु फुलेमा वा फुटेमा पायल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट प्रभावित क्षेत्रमा लगाउनु पर्छ । र, यो प्रकृयालाई दुई–तीन दोह¥याउनु पर्छ ।
शरीरलाई सफा राख्ने-पायल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पायल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्वार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ । मलद्वारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।
शल्यक्रिया रहित उपचारको विकल्प
पायल्स भएमा शल्यक्रिया नगरी पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ । त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर, स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्वारा पनि पायल्स रोगको उपचार गर्न सकिन्छ ।
कुन अवस्थामा शल्यक्रिया गर्ने ?
केही जटिल अवस्थाहरुमा शल्यक्रिया गर्नैपर्ने हुन्छ । त्यस्तो अवस्थामा चिकित्सकहरु पायल्स निकाल्न शल्यक्रियाको सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गंभिरता तथा उपचार पद्धति अनुसार फरक हुन्छ ।
ख्याल राख्नुपर्ने कुरा
–पायल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नुपूर्व सावधानी अपनाउनु पर्छ ।
–पायल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।
–कुनै औषधिले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचारको थालनी गर्नु पर्छ ।
–पायल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।
यो पनि,,,क्यान्सरको जोखिमबाट कसरी बच्न सकिन्छ ?
भक्तपुर क्यान्सर अस्पतालमा ‘रेडिएसन अन्कोलोजी’ विभागका प्रमुख डा. उज्वल चालिसे भन्छन्, ‘मूलतः खराब आहार विहार क्यान्सरको कारक मानिएको छ । त्यससँगै हाम्रो पर्यावरण, जीवनशैली आदि पनि क्यान्सरको कारक हुन् । कतिपयलाई भने यसै पनि क्यान्सर हुन्छ । उनीहरुको शरीरको बनावटमा भर पर्छ । कतिपयलाई वंशाणुगत क्यान्सर हुन्छ ।’
हाम्रो अस्वस्थ्यकर जीवनशैली, खानपान नै यो रोग जन्माउने कारक हुन् । त्यसैले स्वस्थ्य दिनचर्यामा आफुलाई अभ्यस्त गराउनुपर्छ, ताकि क्यान्सरको संभवनालाई टार्न सकियोस् ।
त्यसो त सुरुवाती चरणमा क्यान्सर लागेको थाहा भए उपचार संभव छ । हामीकहाँ यसका थुप्रै उदाहरण पनि छन् । क्यान्सर लागेर पनि त्यसको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा छन् ।
यद्यपी यसको लक्षण वा संकेत पर्खिरहनुभन्दा स्वस्थ्य दिनचर्यामा आफुलाई अभ्यस्त गराउनु राम्रो हो ।
दिनहुँ पसिना बगाउने
एक अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।
कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । साथै दिनहुँ पसिना बगाउनेहरुको प्रतिरक्ष प्रणाली बलियो हुन्छ । उनीहरुलाई रोगले अक्रमण गर्न सक्दैन ।
तारेको भुटेको नखाने
फ्रेड हचिन्सन क्यान्सर रिचर्स सेन्टरमा भएको एक अध्ययन अनुसार जो व्यक्ति हप्तामा एक वा दुई पटकभन्दा बढी तैलिया खानेकुरा जस्तो कि, फ्रेन्ज फ्राइज, तारेको माछा इत्यादि सेवन गर्छन्, उनीहरुलाई प्रोस्टेट क्यान्सर हुने खतरा अधिक हुन्छ । किनभने तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ ।
त्यसैले तारेको, भुटेको खासगरी डिप प्राइड खानेकुरा स्वास्थ्यका लागि एकदमै घातक हो ।
अनारको जुस पिउने
युनिभर्सिटी अफ विस्कान्सिनका शोधकर्ताका अनुसार अनारको जुसले फोक्सोको क्यान्सर हुनबाट बचाउँछ । यसअघि भएको अर्को अध्ययन अनुसार यसले प्रोस्टेट क्यान्सरबाट बचाउनका साथै क्यान्सरको ट्रीटमेन्ट गरिरहेका पुरुषको पीएसए लेभल स्थिर राख्छ ।, अनारको जूसमा पोलीफेनाल्स आइसोफ्लेवोनस र इलैजिक एसिड पाइन्छ, जो क्यान्सरसँग लड्ने क्षमता राख्छ ।
परीक्षण गराउने
द सेन्टर फर डिजीज एन्ड प्रिभेन्शनका अनुसार यदि ५० बर्षभन्दा बढी उमेरपछि नियमित अन्तरालमा कोलोन क्यान्सरको जाँचका लागि स्क्रीनिङ गराएमा क्यान्सरबाट हुने मृत्युदरमा ६० प्रतिशत कमी आउँछ ।
फाइबरसँग मित्रता
क्लीनिकल न्यूट्रिशनको पत्रिकामा छापिएको अध्ययन अनुसार, जो व्यक्ति दैनिक प्रति एक हजार क्यालोरीमा १९ ग्राम फाइबर सेवन गर्छन्, उनीहरुमा मृगौलाको क्यान्सर हुने खतरा १९ प्रतिशत कम हुन्छ । अध्ययन अनुसार फाइबरले क्यान्सर पैदा गर्ने टक्सिन्सलाई मृगौलासम्म पुग्नबाट रोक्छ ।
घुर्ने समस्याको उपचार
युनिभर्सिटी अफ विस्कन्सिन मेडिसिन, स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका अनुसन्धानकर्ता अनुसार, जो व्यक्ति राती सुतेको बेला घुर्छन्, उनीहरु घुर्ने समस्याकै कारण रोगी हुने खतरा अन्य व्यक्तिको तुलनामा पाँच गुणा बढी हुन्छ । किनभने घुर्ने बेलामा रगतमा अक्सिजनको लेभल कम हुन्छ, यहि कारण रगतमा रहेको ट्युमर तिब्र रुपमा फैलन्छ ।
उभिनुपर्छ
अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिचर्सका अनुसार प्रतिबर्ष क्यान्सरको ९२ हजारभन्दा बढी घटनाको कारण धेरै बस्ने पाइएको छ । यदि हामी नियमित रुपले व्यायाम गर्छौ, भने यो खतरा कम हुन्छ । त्यसैले हरेक एक वा दुई घण्टाको बिचमा उठ्ने, जिउ तन्काउने, टहल्ने गर्नुपर्छ । यसले शरीरमा क्यान्सर पैदा गर्ने मोलिक्युल्सको लेभल कम हुन्छ ।
भिटामिन डिको सेवन
अमेरिकन जनरल अफ क्लिनिकल न्यूट्रिशनमा छापिएको अध्ययन अनुसार, जो व्यक्तिले डाइटमा १ हजार आईयू विटामिन डि सप्लिमेन्ट सामेल गर्छ, उनीहरुमा क्यान्सरको खतरा ७७ प्रतिशत कम हुन्छ ।
ड्राई फ्रुट्स खानुपर्छ
प्रतिदिन एक मुठी ड्राई फ्रुट्स सेवन गर्नुपर्छ, किनकी यसमा स्वास्थ्यवद्र्धक सेलेनियम हुन्छ । हवार्ड युनिभर्सिटीमा भएको अध्ययन अनुसार नियमित सीमित मात्रामा ड्राई फ्रुट्स सेवन गर्दा प्रोस्टेट क्यान्सर हुने खतरा ४८ प्रतिशत कम हुन्छ ।