प्राथमिक उपचार : पोलेका बिरामीको हेरचाह कसरी गर्ने ?

महिला र केटाकेटीमा पोलाइको समस्या धेरै नै हुने गर्छ । जुनसुकै प्रकारको पोलाईमा सबैभन्दा पहिले बरफ चिसो पानी वा चिसो पानीमा डुबाएको कपडाले पोलेको ठाउँमा १५ मिनेटसम्म चिसो पानीमा डुबाएर राख्नुपर्छ ।

चिसो बनाइसकेपछि पोलाई कति छ त्यही अनुसार उपचार गर्नुपर्छ । पोलेको घाउलाई कसकेसम्म सफा राख्नुपर्छ । घाउलाई फोहोर, धुलोमा बस्ने झिँगा र अन्य किराहरुबाट जोगाउनुपर्छ ।

पोलेको घाउमा चिल्लो पदार्थ जनावरको छाला, कफी, जडिबुटी, माटो वा गोबर राख्नु हुँदैन । पोलेको व्यक्तिले पर्याप्त मात्रामा शरीर विकास गर्ने खाना(प्रोटिन) खानुपर्छ । यस्तो अवस्थामा मुख बार्नु पर्दैन । सामान्यतया पोलाइ ३ किसिमका हुन्छन् ।

१ सामान्य पोलाइ
यस किसिमको पोलाइले छालामा फोका उठ्दैन । तर छाला गाढा वा रातो बनाउन सक्छ । चिसो बनाइसकेपछि यसलाई थप उपचारको आवश्यकता पर्दैन । दुखाइ कम गर्न एप्रिन वा पारासिटामोल प्रयोग गर्न सकिन्छ । यस क्रममा स्रक्रमण नहोस् भन्नको लागि पोलेको घाउ सफा गर्नुअघि आफ्नो हात राम्ररी धुनुपर्छ ।

२ छालामा फोका उठ्ने पोलाइ
छालामा पोलेर उठेको फोकालाई फुटाउनु हुँदैन । फोका फुटाएर वा संक्रमण निवारण गरिएको सुईले वा सिरिन्जले पनि त्यसभित्रको तरल पदार्थलाई निकाल्नु हुँदैन । फोका आफैँ फुटेमा संक्रमण निवारण गरिएको कैची प्रयोग गरी मरेको छाला हटाउनुपर्छ ।

निर्मलीकरण गरिएको गज, कपास वा संक्रमण निवारण गरिएको कपडामा हल्का साबुन लगाइ घाउ सफा गर्नुपर्छ । सफा गर्न हाइड्रोजन पेरोक्साइड पनि प्रयोग गर्न सकिन्छ । यदि घाउमाथिबाट कपडा हटाउने प्रयास गर्दा कपडा टाँसिन्छ भने उमालेर चिस्याएको पानीले त्यसलाई भिजाउनुपर्छ । अनिमात्र हल्का कपडासँग कपडा हटाउनुपर्छ ।

संक्रमण भएमा घाउको दुखाइ बढ्छ, अझ बढी सुन्निन्छ र घाउको वरिपरिको छाला रातो र कडा बन्दै जान्छ । यस अवस्थामा पेन्सिलिन वा एम्पिसिलिन जस्ता एन्टिबायोटिक दिनको ४ पटकका दरले ७ दिनसम्म दिनुपर्छ ।

तर ५ दिनपछि पनि संक्रमण नहटेमा त्यसको साटो इरिथोमाइसिन दिनको ४ पटकका दरले ७ देखि १० दिनसम्मे दिनपर्छ ।

३. गहिरो पोलाइ
यस्तो प्रकारको पोलाइले छाला नै नष्ट गर्न सक्छ र मासु पनि डढाउँछ । यसप्रकारको पोलाइ जहिले पनि गम्भीर प्रकृतिको हुन्छ । यसरी पोलिएका व्यक्तिलाई तुरुन्तै उपचारको लागि लैजानुपर्छ ।

उपचारको लागि अन्यत्र लैजाँदा घाउलाई किटाणुरहित गरी भिजाइएको कपडा वा रुमालले छोप्नुपर्छ । कपडा भिजाउन प्रयोग गरिएको पानी उमालेर चिस्याइएको हुनुपर्छ । बिरामीलाई प्रशस्त तरल झोल पदार्थ दिनुपर्छ ।

औषधि उपचारकौ सम्भावना नभएमा दोस्रो डिग्रीको पोलाइलाई जस्तै हेरविचार र उपचार गर्नुपर्छ । घाउलाई फोहोर धुलो झिँगा र अन्य किराहरूबाट जोगाउन निर्मलीकरण गरिएको गज, कपास वा तन्नाले छोप्नु पर्छ । यस्तो कपडा दिनमा ४ पटक वा घाउ सुख्खा भएमा दिनका २ पटक फेर्नुपर्छ ।

यो पनि,, पेटको जलन र एसिडिटी रोक्न गर्मीमा के गर्ने ?

गर्मीका दिनहरूमा के खानुहुन्छ के खानु हुँदैन ? डिहाइड्रेसन, ग्यास्ट्रिकको समस्या, पेट दुखाइ, पेटमा हुने जलन वा एसिडिटी गर्मीको अवधिमा बढ्ने गर्छ । तापक्रम बढ्दै जाँदा हाम्रो शरीरले फरक प्रतिक्रिया गर्छ ।

त्यसैले हामीले गर्मीको दिनमा खानाका केही चीजहरू त्याग्नैपर्छ । यदि अरू समयमा जस्तै केही खानालाई गर्मीको समयमा पनि जारी राख्नुभयो भने तपाईंको स्वास्थ्य बिग्रन सक्छ ।

तपाईंलाई चिसो पेय पदार्थ, चिसो चीजहरू, दूग्ध उत्पादहरू, तेल मिश्रित खाना, रातो मासु, दूध चिया वा कफी आदिमा कमी ल्याउनुपर्छ । यसको साटो तपाईंले त्यस्ता चीजहरू खानुपर्छ जसले पेटलाई चिसो बनाउँछ। जस्तै, ताजा फलफूल, काँक्रो, नरम पानी आदि गर्मीमा धेरै खानुपर्छ ।

गर्मीका दिनहरूमा तपाईंले तरल आहारलाई बढाउनुपर्छ। गर्मीमा खान कम गर्नुपर्ने खानाहरू ।

रातो मासु

रातो मासुमा प्रोटिन र फलामको मात्रा अधिक हुन्छ । ग्रीष्मयाममा दिन यसलाई पचाउन गाह्रो हुन्छ। रातो मासु खाँदा शरीरको तापक्रम पनि बढ्छ, जुन गर्मीमा राम्रो हुँदैन । गर्मीमा रातो मासु खाँदा शरीरको धेरै ऊर्जा त्यसैलाई पचाउन जाने भएकोले यसबाट सकेसम्म टाढै बस्नुपर्छ ।

कोल्ड ड्रिंक

सबैलाई गर्मीमा चिसो चिसो पेय पदार्थ मनपर्छ । गर्मी भगाउनको लागि धेरैले चिसो पेय पदार्थ पिउने गर्छन् । चिसो पेयबाट क्यालोरीको मात्रा बढ्दै जान्छ, साथसाथै यसले शरीरलाई डिहाइड्रेट गर्न पनि सहयोग गर्छ । त्यति भन्दैमा यसलाई धेरै पिउँदा यसले असर गर्न सक्छ । त्यसैले बरू चिसो पेय पदार्थको ठाउँमा जुस र नरिवलको पानी जस्ता प्राकृतिक पेय पदार्थतिर धेरै ध्यान दिनु उपयुक्त हुन्छ ।

चिल्लोयुक्त जंक फुड

यदि तपाईंलाई चिल्लोयुक्त जंक फूड खान मनपर्छ भने पनि यो मौसम त्यसको लागि उपयुक्त हुँदैन । गर्मीमा तेलका कारण पेट पोल्ने समस्या हुन सक्छ । गर्मीका दिनहरूमा त्यस्तो खाना खाँदा एसिडिटी एवं छालामा समस्या समेत हुने गर्छ ।

धेरै मसालायुक्त तरकारी

नेपाली परिकारमा धेरै मसलायुक्त खानेकुरा पाइन्छ । तर गर्मी मौसमका लागि यो उपयुक्त खाना भने होइन । यो मौसममा तरकारीमा धेरै मसला, तेल, घिउ राख्नुभन्दा हल्का खुर्सानी, थोरै मसला र थोरै भुटेको तरकारी खानु उपयुक्त हुन्छ ।

दूध चिया एव‌ं कफी

दूधचिया मीठो लाग्ने पनि धेरै जना हुन सक्छन् । तर गर्मीमा पेटको स्वास्थ्यको लागि दूधको चियालाई कम गर्नु उपयुक्त हुन्छ । दूध चिया गर्मीमा पिउँदा शरीरमा पानीको कमी हुन्छ । यसबाहेक चिया गर्मीका दिनहरूमा पेटको दुखाइ र एसिडिटीको पनि कारण हुन सक्छ । दूध चिया वा कफीको सट्टा, तपाईं हरियो चिया, कालो चिया, पुदिना चिया आदि पिउन सक्नुहुन्छ।

यसबाहेक विभिन्न दुग्ध उत्पादनहरू पनि यो मौसममा कम गर्नु उपयुक्त हुन्छ । यस्ता दुग्ध उत्पादनलाई उचित हिसाबले उपभोग नगर्दा  तपाईंको पेटमा कठिनाइ बढ्न सक्छ ।

तपाईं गर्मीमा दही खान सक्नुहुन्छ, तर दूध, चीज, क्रिम वा बटरमा फ्याटको उच्च मात्रा हुन्छ । यो बोसो पचाउन गाह्रो छ, जसले गर्दा गर्मीमा ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ।

गर्मीका दिनहरूमा यी खाद्य पदार्थहरूलाई बेवास्ता गर्दा पेटको समस्या निम्तिन सक्छ । यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ भने डाक्टरसँग सल्लाह लिएर आहारसम्बन्धी निर्णय लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button