
गर्मीमा स्वस्थ्य रहन के गर्ने ?
गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं ।

गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं ।

गर्मीको खानपिन टिप्स
-गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्छ । गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ।
-बिहान उठेको एक-डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रिन टी सेवन गर्नुपर्छ । लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुनपुग्छ ।
थोरै-थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ । बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।
-गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती-पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।
-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।
-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ ।
-मिठाईको बदलामा फलफूल खानुपर्छ ।
-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।
-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुनेगर्छ ।
गर्मीमा व्यायाम
-गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ । अहिले घर बाहिर हिँड्ने अनुकूलता नभएकाले घरभित्रै वा छतमा हिँड्न सकिन्छ ।
-अनुलोम बिलोम, कपालभाती जस्ता प्राणायाम गरौं ।
-केही क्षण ध्यानको अभ्यास गरौं ।
-योग अभ्यास गरौं ।
-केही क्षण विश्राम गरौं ।
अन्य उपायहरू
-गर्मीमा दैनिक रूपमा कम्तीमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनुपर्छ ।
-खानामा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ । मसलदार खाना कम खानुपर्छ ।
-एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनुहुँदैन ।
-डब्बामा बन्द भएको जुसबाट जोगिनुपर्छ । ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ ।
–शारीरिक सरसफाइमा ध्यान दिनुपर्छ ।
–बिहान चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ ।
–हल्का र खुकुलो पहिरन लगाउनुपर्छ ।
–सेतो वा उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ ।
यो पनि,,, खानेकुुरा पकाउने तरिका नमिल्दा हुनसक्छ एसिडिटीको समस्या
गलत खानपान वा खानपान शैली र निस्क्रिय रहँदा खानेकुरा पचाउन गाह्रो हुन्छ । यसले अपच, ग्याष्ट्रिक एवं एसिडिटीको समस्या निम्त्याउँछ । भनिन्छ नि, खाना खाने तरिका सही भएन भने त्यो विकार बन्छ । यदि सही ढंगले सही मात्रामा खान जानियो भने ओखती समान हुन्छ । त्यसैले खाना पकाउने र खाने क्रममा केही सावधानी अपनाइयो भने पेटको विकारबाट छुटकारा पाइन्छ ।
हामीले दिनहुँ खाने कतिपय खानेकुरा पनि एसिडिटीको कारण बन्न सक्छ । खासगरी ति खानेकुरा पकाउने तरिका नमिल्दा वा त्यसमा मिश्रण गरिने परिकारले पनि एसिडिटी समस्या निम्त्याउन सक्छ ।
दाल
प्रोटिनले भरिपूर्ण तथा बिरामीलाई समेत उपयुक्त मानिने दालले समेत हामीलाई कहिले काहीँ एसिडिटी गराउँछ । त्यसैल दाल पकाउनु अघि नै त्यसलाई पानीमा भिजाउनु पर्छ । पानीमा भिजाएको दालले एसिडिटी बढाउने संभावना हुँदैन ।
राजमा-सिमी
राजमामा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ । यसमा तरकारीमा फाइ्बर तथा एन्टीअक्सिडेन्ट पनि उत्तिकै हुन्छ । कलेजोका बिरामीका लागि अति नै उपयोगी राजमा स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै फाइदाजनक छ ।
तर, राजमाले कतिपयलाई एसिडिटी पनि भैरहेको हुन्छ । राजमा वा सिमीले एसिडिटी हुन्छ भने अघिल्लो रात नै यसलाई भिजाएर राख्नुपर्छ । यसरी पकाइएको राजमा सजिलै पच्छ र यसले एसिडिटी हुन दिँदैन ।
ब्रोकाउली
ब्रोकाउलीमा प्रसस्त मात्रमा भिटामिन हुनका सथै यसमा मिनरल तथा आइरन पनि उत्तिकै मात्रामा पाउन सकिन्छ । कसै–कसैलाई ब्रोकाउली खाँदा एसिडिटीको समस्या देखिन सक्छ । यदि तपाईंलाई एसिडिटीको समस्या छ भने ब्रोकाउलीलाई सलादको रुपमा नखाँदा राम्रो हुन्छ । यदि खानै परेमा ब्रोकाउलीलाई उसिनेर खान सक्नु हुन्छ । अथवा राम्ररी पकाएर खाँदा पनि एसिडिटीको समस्याबाट बच्न सक्नु हुनेछ ।
काउली
काउली पौष्टिकताले भरिपूर्ण हुन्छ । यद्यपि, यसले पनि कसै–कसैलाई एसिडिटी हुन सक्छ । काउली फकाउने क्रममा फूल पाके पनि यसको डाँठ नपाक्न सक्छ । त्यही नपाकेको डाँठले नै एसिडिटी बढाउँछ ।
त्यसैले सकेसम्म काँचो काउली सेवन गर्नबाट बच्नु पर्छ । सलादको रुपमा प्रयोग गर्नु छ भने उसिन्न सक्नु हुनेछ । यसबाहेक राम्ररी पाकेको काउलीले पनि एसिडिटी गराउँदैन ।
लसुन
लसुन आफैमा औषधिय गुणले भरिपूर्ण हुन्छ । पाचन समस्यादेखि रक्त विकारसम्म हटाउन लसुन उपयोगी हुन्छ । तर, लसुनको सेवन कतिपयलाई एसिडिटी बढाउने कारण बन्न पुग्छ । यदि तपाईंलाई एसिडिटी छ भने काँचो लसुन खानु हुँदैन । तरकारी अथवा दालमा पकाएर खाँदा एसिडिटी बढ्दैन ।
प्याज
लसुन झैं प्याज पनि बहुउपयोगी तरकारी हो । प्याजलाई हरेक तरकारीमा मिसाएर पकाउन सकिन्छ, काँचै पनि खान सकिन्छ । यसमा पनि रोग प्रतिरोधात्मक क्षमता पाइन्छ । कसै–कसैलाई काँचो प्यासले एसिडिटी बढाउन सक्छ । त्यसैले तरकारीमा पकाएको प्याजमा सेवन गर्नु भयो भने एसिडिटीबाट बच्न सकिन्छ ।
दूध
बिहान खाली पेटमा दूध पिइयो भने एसिडिटी बढ्न भन्ने आम मान्यता छ । त्यसैले बिहान खालि पेटमा दूध नपिउनु नै उत्तम मानिन्छ । नास्ता गरेपछि अथवा केही खाइसकेपछि मात्रै दुध खाँदा एसिडिटीको समस्या हुँदैन । दुधमा बेसार, अदुवा, मह अथजा चिनी मिसाएर पिउँदा पनि एसिडिटी नहुन सक्छ । खाना खाइसकेपछि दूध पिउने बानी छ भने त्यो दूधले तपाईंको ग्याट्रिक पनि ठिक पार्न सक्छ ।
फलफूल
कहिले काहीँ त्यही फलफूल पनि एसिडिटीका कारण बनिदिन्छ । कतिपय फलफूलमा सुगरको मात्र अत्यधिक हुने भएकाले पनि त्यस्ता फलफूल खाँदा हामीलाई एसिडिटी हुन सक्छ । त्यसैले स्याउ, अंगुर, केरा जस्ता सुगर बढि पाइने फलफूल एकै पटक धेरै मात्रामा खानु हुँदैन ।