लामखुट्टेले किन कोही मानिसलाई बढी टोक्दछ ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौं । कोही कोही मानिसलाई लामखुट्टेले टोकेर निकै सताउँछ ।

सँगै बसेका दुईजना मानिस मध्येमा पनि एक जनालाई लामखुट्टेले बढी टोकेको र अर्कोलाई कम टोकेको तपाईंले देख्नु भएकै छ होला ।

आखिर कोही मानिसलाई लामखुट्टेले बढी मन पराउनुको कारण के हो त ?

वास्तवमा लामखुट्टेले मान्छे कहाँ छ ? भन्ने पत्ता लगाउनका लागि हामीले स्वास फेर्दा फ्याँक्ने कार्बन डाइअक्साइडको सहारा लिन्छ ।

करीब १० देखि ५० मिटरसम्म टाढा रहेको लामखुट्टेले मान्छेले फ्याँक्ने कार्बनडाइअक्साइडकै माध्यमबाट मान्छेलाई पत्ता लगाउँदछ र खोज्दै मान्छेको नजिक आउँदछ ।

त्यसरी आउने क्रममा ५ देखि १५ मिटरको दूरीसम्म आइपुगेपछि लामखुट्टेले मानिसलाई बल्ल देख्न थाल्दछ ।

मानिसको नजिकै पुग्नका लागि बल्ल उसले आफ्नो दृष्टिको प्रयोग गर्दछ । जब लामखुट्टै हाम्रो शरीरको निकै नजिक पुग्दछ शरीरको तापक्रमको न्यानोपन अनुभव गरी टोक्ने वा नटोक्ने कुराको निश्चित गर्दछ ।

आखिर लामखुट्टेले किन कोही मानिसलाई धेरै र कोही मानिसलाई कम टोक्दछ ? यसको एउटा महत्वपूर्ण जैवीक कारण छ ।

जुन मानिसको शरीर भित्र धेरै मात्रामा ल्याक्टिक एसिड नामक रसायन उत्पादन हुन्छ त्यस्ता मानिसलाई लामखुट्टेले धेरै मन पराउँदछ ।

कतिपय वैज्ञानिकहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई पनि लामखुट्टेले धेरै आफ्नो सिकार बनाउँदछ ।

यतिमात्र होइन व्यक्तिको शारीरिक ढाँचा र क्रियाकलापका आधारमा पनि लामखुट्टे मानिसलाई टोक्नका लागि आकर्षित हुने गर्दछ ।

मोटो जिउडाल तथा कम शारीरिक गतिविधि गर्ने मानिसहरुलाई लामखुट्टेले बढी टोक्ने गरेको पाइएको जानकारहरु बताउँछन् ।

घिउकुमारीको ७ वटा फाइदा र प्रयोग

एलोभेरा सौन्दर्य प्रशाधन एवं स्वास्थ्यको क्षेत्रमा परिचित नाम हो । यो क्याक्टस प्रजातिको एक बिरुवा हो, जो गर्मी एवं सुक्खा जलवायुमा उब्जाउ हुन्छ ।

यो व्यापक रूपमा टेक्सास, न्यू मेक्सिको, एरिजोना र क्यालिफोर्नियाको दक्षिणी सीमा क्षेत्रहरुमा खेती गरिन्छ । यो वर्षौंको लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिँदै आएको हो ।

एलोभेरा जेलले हामीलाई घामबाट बच्न र घाउ निको पार्न मद्दत गर्छ । यसका लाभहरुको बारेमा तल उल्लेख गरिएको छ ।

घिउकुमारीको  लाभ

तेल बिना नै यसको कोमल जेलको प्रयोगले एउटा नाइट क्रिम बनाउन सकिन्छ । घामको हानिकारक किरणबाट बच्नको लागि घिउकुमारीको जेलको प्रयोग गर्न सक्नुहुन्छ । जसले कपाल झर्ने समस्यालाई रोक्न सक्छ ।

यही कारणले यसलाई चामत्कारिक वृक्ष पनि भन्ने गरिन्छ । दैनिक जीवनमा यसको प्रयोग गर्दा हामीलाई निम्न फाइदा हुन सक्छ ।

–मधुमेह नियन्त्रण गर्न

–मुटुको जलनबाट मुक्ति

–मुख सफा राख्न

–कब्जियतको समस्या समाधान

–पोषक तत्वबाट मुक्ति

मधुमेह नियन्त्रण

दैनिक दुई चम्चा एलोभेरा जुसको सेवनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ । यसलाई कुनै जुस वा पानीसँग पनि सेवन गर्न सक्नुहुन्छ । तर घिउकुमारी सेवन गर्ने जुस ताजा  फलबाट तयार पारेको हुनुपर्छ ।

मुटुको जलनबाट मुक्ति

ग्यास्ट्रोसफोजिएल रिफ्लक्स डिजिज एक पाचनसँग सम्बन्धित समस्या हो । जसको कारणले मुटुमा धेरै जलन हुन सक्छ ।

सन् २०१० मा एक अध्ययनमा यो सुझाव दिइएको थियो कि अक्सर बारम्बार यस्तो समस्या भइरहेको छ भने करिब आधा आधार घण्टा पहिले १ देखि ३ मात्रा एलोभेरा जुसको सेवान गर्नुहोस् । यसबाट जीईआरडीको समस्याबाट राहत पाउनको लागि मद्धत पुग्छ ।

माउथवास

२०१४ मा इथोपियन जर्नल अफ हेल्थ साइन्समा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने बजारमा पाइने केमिकल युक्त माउथवासको साँटो घिउकुमारी सबैभन्दा प्रभावकारी विकल्प हो ।

कब्जियतबाट राहत पाउन

घिउकुमारीमा ल्याक्जेटिभ गुण पाइन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ ।

जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ । यदि तपाईंलाई बारम्बार कब्जियतको समस्या छ भने दैनिक दुई चम्चा एलोवेराको रस सेवन गर्नुहोस्, यसले पाचन प्रणालीमा सुधार गर्छ । तपाईं घरमै पनि ताजा एलोवेराको पातहरुबाट रस बनाउन सक्नुहुन्छ ।

कलेजोको कार्य

तपाईंको समग्र स्वास्थ्यको आधार तपाईंको कलेजोको कार्यमा आधारित हुन्छ । घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ ।

छाला र कपालको हेरचाह

घिउकुमारी जेल छाला सफा र कपालको सुरक्षाको लागि प्रभावकारी हुन्छ ।

९६ प्रतिशत पानी र एमिनो एसिड्सबाट भरपपुर यस पारदर्शी जेलमा बिटामिन ए, बी, सी र ई हुन्छ । जसले कपालको लागि आवश्यक पोषण प्रदान गर्छ । यसरी एलोभेराले कपाल झर्न कम हुन्छ र कपाल बढ्छ ।

निष्कर्ष

एलोभेरा जुस पोषक तत्वले युक्त हुन्छ । यसमा भिटामिन बी, सी, ई र फोलिक एसिड जस्ता महत्वपूर्ण भिटामिन र खनिजहरु पाइन्छ ।

यो तपाईंको आहारमा समावेश गरेर पोषक तत्वहरुको कमी पूरा गर्न सक्नुहुन्छ । एलोभेराको उचित मात्रामा उपभोग गर्नाले तपाईंलाई स्वस्थ बनाउन मद्धत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button