
थाइराइडको उपचार कसरी गरिन्छ ?
खासमा थाइराइड हाम्रो गलाभित्र स्थित एक ग्रन्थी हो, जसले विशेष प्रकारको हर्मोन उत्पादन गर्छ ।

जब यो ग्रन्थीले सही ढंगले काम गर्दैन वा गर्न सक्दैन, आवश्यक्ताभन्दा बढी वा कम मात्रामा हर्मोन निर्माण गर्न थाल्छ । तब थाइराइडको समस्या सुरु हुन्छ ।

सामान्यत थकान लाग्नु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, छाला रुखो हुनु, डिप्रेसन हुनु, तौल बढ्नु, हात–खुट्टा चिसो हुनु यी थाइराइडको लक्षण हुन् ।
थाइराइड भइसकेको अवस्थामा त्यसले हाम्रो जीवनशैली प्रभावित गर्छ ।
यसको उपचारको केही प्रचलित विकल्प छन् । तिनै उपचार विधी अपनाएर यस विकार समाप्त गर्न सकिन्छ, जसले थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।
थाइराइड औषधि
थाइराइडमा सामान्य समस्या जस्तो ज्वरो, घाँटी खसखस हुने जस्ता समस्या हुन्छ । तर, यी समस्या देखापर्नसाथ आफुखुसी औषधी सेवन गर्नु हुँदैन ।
चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ । रोगको सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ ।
चिकित्सकको सल्लाह विना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।
हाइपरथाइराइडिज्मका लागि रेडियोगएक्टिभ आयोडिन
रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमस सानो बनाउन सकिन्छ र अन्तमा यसलाई नष्ट गर्न सकिन्छ ।
यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ ।
यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।
कति सुरक्षित छ रेडियोएक्टिभ आयोडिन उपचार ?
रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने रेडियोएक्टिभ आयोडिन उपचार गर्न हुँदैन । यसले आमा र बच्चालाई हानी गर्छ ।
मुटुको रोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गर्न सकिन्छ ।
सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपी थाइराइडको गंभिर रोगीलाई भने यो उपचार ६ महिनासम्म लाग्न सक्छ ।
शल्यक्रियाबाट थाइराइडको उपचार
शल्यक्रियाबाट पनि आशिंक रुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ, जो एकदमै सामान्य तरिका हो ।
यद्यपी यसका केही साइड इफेक्ट रहन्छ । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया त्यही व्यक्तिले गराउन सक्छन्, जसलाई खाना निल्नमा समस्या छ ।
सास फेर्न समस्या छ । गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन । उनीहरुका लागि शल्यक्रिय ठिक हुन्छ ।
दाँत खिइने रोग र यसको उपचार
कतियको समस्या हुन्छ, दाँतबाट रगन बग्ने । सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ ।
दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ ।
दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन ।
यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।
गीतहरुमा भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ती ।’ दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । त्यसैले दाँतको हेरचाह यसकारण गर्नुपर्छ कि, त्यसले स्वास्थ्यसँगै सौन्दर्यमा खास भूमिका खोल्न सकोस् ।
सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ ।
मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ ।
यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ ।
विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।
त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।
त्यस्तै, पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ ।
सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।
पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुन्निन थाल्छ । दात कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दात सिरिङ्ग हुन थाल्छ । छुँदा समेत गिजा सुनिन थाल्छ ।
साथै दुई दाँतको बीच ग्याप रहन थाल्छ ।
खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौ । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नु पर्छ ।
हरेक पटक खाना खाएपछि राम्ररी मुख कुला गर्नुपर्छ ।
अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरिका कारण दाँत तथा गिजामा संक्रमण भई दाँत झर्न थाल्छ ।



