
अमेरिकामा रहेर पनि बास,गाँस टुटेकाहरुको लागी साहारा बन्दै समाजसेवी चलचित्र निर्देशक ‘बोहरा´
नेपाली चलचित्र क्षेत्रमा “एभरेष्ट”सूर्य बोहरा नाम खासै नौलो होईन । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा कार्यरत बोहरा समाजसेवामा पनि क्रियाशिल हुँदै आएका छन् ।

पछिल्लो समय उनको निर्देशनमा बनेको चलचित्र ‘हेल्लो जिन्दगी´ प्रदर्शनको तयारीमा रहेको छ भने, चलचित्र ‘श्री´ गत चैत २७ देखि प्रदर्शनमा आएको थियो।

हाल अमेरिकामा बस्दै आएका उनले कोरोना महामारीले निम्त्याएको दोश्रो चरणको लकडाउनमा ५० परिवारलाई राहत वितरण गरेका छन् ।
यसअघि उनले पहिलो चरणको कोरोना महामारीले निम्त्याएको लकडाउनको समयमा घरबार विहिन बिशेष गरेर सुकुम्बासी बस्तिमा ५१ दिनसम्म गाँस, बास टुटेकाहरुको लागी साहारा बन्दै खाना तथा राहात वितरणमा जुटेका थिए ।
जन्मभुमी दुखेको बेला आफू जहाँ रहे पनि आफ्नो क्षमताले भ्याए सम्म समाजसेवा गर्ने उनले प्रतिज्ञा समेत गरेका छन् ।
उनले २०७२ सालको महाविनाशकारी भूकम्पको समयमा पनि आफ्नो ज्यानको बाजी राख्दै भूकम्प पिडितहरुको लागी राहत वितरणमा जुटेका थिए ।

साथै उनले नेपाली चलचित्र क्षेत्रमा ‘जँगे भट्टराई’ भनेर परिचित उद्धवराज भट्टराईलाई सहयोग गरेका थिए ।
स्मरण रहोस् निर्देशक बोहराले गायक कुमार कान्छा देखि कलाकार दिपक क्षेत्री साथै स्वोर्गिय केशव भट्टराईको परिवारलाई समेत सहयोग जुटाएका थिए ।
हरेक चलचित्र निर्देशक हरेक सिनेकर्मी र समग्रमा हरेक मान्छेहरुको मन निर्देशक एभरेस्ट सूर्य बोहराको जस्तै फराकिलो र बिशाल होस् ; मनकारी निर्देशक बोहराका आगामी चलचित्रहरु अत्याधिक सफल रहुन ‘ मेरो दैनिकी ‘ को शुभकामना।



