मुम्बईमा आलिसान अपार्टमेन्ट किने रणवीर र दीपिकाले, के हुनेवाला बच्चाका लागि यत्रो लगानी गरेका हुन् यो जोडीले ?

काठमाडौँ।

रणवीर सिंह र दीपिका पादुकोण अब हरुख खानका छिमेकी बन्ने भएका छन् ।

भारतिय मिडियाक अनुसार यो जोडीले शाहरुकोको घर जजिक ११९ करोडको लक्जरी अपार्टमेन्ट किनेको बताइएको छ । म्बईको बान्द्रामा अवस्थित हरियाली आवासीय टावर ‘सागर रेशम’ मा दीपिका-

रणवीरले विलासी अपार्टमेन्ट किनेका छन्। यस घरबाट उनीहरुले ब्यान्डस्ट्यान्डबाट अरब सागरको सुन्दर दृश्य हेर्न पाउनेछन् । यो जोडीको अपार्टमेन्ट टावरको १६, १७, १८ र १९ औं तलामा रहेको बताइएको छ ।

यसको कुल क्षेत्र ११ हजार २६६ वर्ग फुट र एक विशेष टेरेस १ हजार ३ सय वर्ग फुट छ।

दरको हिसाबले, वरपरको सम्पत्तीको मूल्य प्रति वर्ग फुट १ लाख रुपैयाँ छ। यस अर्थमा यो अपार्टमेन्टको मूल्य करिब ११९ करोड रुपैयाँ पर्छ।

यो किन्नका लागि अभिनेताले ७.१३ करोड रुपैयाँ स्टाम्प शुल्क तिरेका छन् ।

जसमा उनीहरुले १९ वटा पार्किङ क्षेत्र पाएका छन्। मिडिया रिपोर्टका अनुसार यो अपार्टमेन्ट शाहरुख खानको मन्नत र सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको धेरै नजिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button