विवाद भएपछि धर्मगुरुलाई फिर्ता गरियो ‘नेपहपको श्रीपेच’ (विज्ञप्ति सहित)

काठमाडौं । र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइ दिएका थिए । नेपालमा पहिलो पटक आयोजित ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका थिए ।

बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरूले शिष्यलाई प्रदान गर्ने चलन छ । तर, रियालिटी शोमा मुकुट प्रयोग भएपछि सम्पदा अभियन्ता विरोधमा उत्रिएका थिए । आयोजक आरएनएस क्रियशनले ताजको प्रयोगबाट कुनै पनि जातजाति, धर्म, संस्कृति र समुदाय विशेषलाई चित्त दुखाई या आघात पार्ने मनसाय नरहेको भन्दै विज्ञप्ति जारी गरेको छ । अब उप्रान्त यस्तो ताजको प्रयोग नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

मुकुट मेयर साह सहितको टोलीले बौद्ध धर्म गुरुलाई फिर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button