चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक

काठमाडौं । आगामी भदौ १७ गतेदेखि देशभरका सिनेमाहलहरुबाट एकसाथ प्रदर्शन हुने चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा समावेश गरिएको ‘जरुरी कुरा छ’ बोलको गीत आज शुक्रबार सार्वजनिक गरिएको छ । राईजिङ मलमा उक्त गीतको भव्य प्रेसमिट गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको छ भने उक्त गीत ओएसआर डिजिटल प्रा. लिको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को ‘जरुरी कुरा छ’ बोलको गीतमा पुजा शर्मा र सोनाम तोप्देनलाई फिचरिङ गरिएको छ । गीतलाई युके र दुवईको रमणीय साथै मनोरम दृश्यमा कैद गरिएको छ भने नायिका पुजा शर्मा र नव नायक सोनाम तोप्देनको केमिस्ट्री पनि जमेको छ । उक्त गीतमा सुरेश वाग्लेको शब्द, अर्जुन पोख्रेलको संगीत साथै अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गरिएको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ। यस्तै मरिष्का पोख्रेल,सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुले अभिनय गरेका छन्। चलचित्र ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो।

एबी इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को निर्मातामा अमित बस्नेत,अजित कुमार थापा, परी राणासँगै अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेका छन्। साथै सो चलचित्रका निर्माण नियन्त्रक बिक्रम प्रसाद पण्डित हुन् । त्यस्तै चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button