चलचित्र ‘हेल्लो जिन्दगी’ चैत्र १८ मा प्रदर्शन हुने

काठमाडौं । चैत्र ११ मा प्रदर्शन हुने भनिएको चलचित्र `हेल्लो जिन्दगी´ अब भने चैत्र १ ८मा देशभरका सिनेमा हलहरुबाट एकसाथ प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले जनाए अनुसार साउथ फिल्म `आरआरआर´ चैत्र ११ मा आउने भएपछि चलचित्र एक हप्ता पछि सारिएको हो ।एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र हेल्लो जिन्दगी’मा प्रियंका कार्की, बिक्रम जोशी, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, जानकी पन्त, ध्रुब दत्त, कुमुद पन्त लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । युके र नेपालमा छायांकन गरिएको चलचित्र ‘हेल्लो जिन्दगी’ सत्य घटना तथा त्रिकोणात्मक प्रेम कथामा  आधारित चलचित्र हो । निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी साथै श्रीजना जोशी महर्जन कार्यकारी निर्माता हुन।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विष्णु देवाको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सूर्य बोहरा र अभिमन्यू निरबीको पटकथा तथा संवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button